default_image

5 years ago

April 3, 2020

बार्सिलोनालाई नेयमार र मार्टिनेज भित्र्याउन कठिन

133 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । क्लब फुटबलहरु ३० अप्रिलसम्म स्थगित छन् । टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप जस्ता तीन ठुला प्रतियोगिता अर्काे वर्ष गर्ने निर्णय भइसकेको छ । 

कोरोनाले विश्वलाई नै आतकिंत बनाइरहँदा खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेरै आफुलाई फिट बनाइरहेका छन् । यसबीचमा खेलाडी सरुवाको विषयले सञ्चार माध्यममा स्थान पाइरहेको छ । खेलाडी सरुवा वर्षको दुईपटक मात्रै रहने भएकाले अहिले खेलाडी अनुबन्ध गर्न सकिने अवस्था छैन । तर, समरमा खेलाडी सरुवाको लागि क्लबले अहिले देखि नै तयारी गरिरहेका छन् ।

अहिले मुख्य गरी बार्सिलोनाले दुई स्टार फरवार्ड ब्राजिली नेयमार जुनियर र अर्जेन्टिनी लोउटारो मार्टिनेज अनुबन्धको विषयले चर्चा पाइरहेको छ । बार्सिलोनाले आउदो समरमा यि दुई खेलाडी अनुबन्ध गर्न सक्लान् ? अहिले यो चासोको विषय बनेको छ । बार्सिलोनाले आफ्नो अग्रपङ्तिमा लियोनेल मेस्सीलाई साथ दिनको लागि यि दुई खेलाडीलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको छ ।

बार्सिलोनाले नेयमार अनुबन्धको लागि यसै सिजन एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेका एन्टोइन ग्रिजमनलाई फ्रेन्च क्लब पीएसजीमा साटरफेर गर्ने तयारी गरेको छ । मार्टिनेज अनुबन्ध गर्न बार्सिलोनाले औसमाने डेम्वेले र लोनमा बायर्नमा रहेका फिलिपे कौटिन्होलाई बेच्ने योजना बनाएको छ । यसका लागि बार्सिलोनाले २३३ मिलियन पाउन्ड खर्च गर्नुपर्ने हुन्छ । यति रकम खर्च गर्नको लागि बार्सिलोनालाई सम्भव हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण क्लबलाई आर्थिक संकट पर्न सक्ने भन्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको छ । तर, क्लबले नेयमार र मार्टिनेजलाई अनुबन्ध तथा मेस्सीको सम्झौता थप्ने तयारी गरिरहेको छ ।  ग्रिजमनले यो सिजन बार्सिलोनामा मन जित्ने खेल पस्कन सकेका छैनन् । डेम्वेले चोटका कारण लगातार मैदान बाहिर र अर्का फरवार्ड लुइस सुआरेज पनि चोटका कारण उपस्थित छैनन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.