default_image

5 years ago

April 3, 2020

डिबालामाथि पिएसजीको नजर

139 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजन युभेन्ट्सबाट पाउलो डिबालालाई भित्राउन प्रयास गर्ने भएको छ । अर्जेन्टिनी फरवार्डले युभेन्ट्ससँग नयाँ सम्झौता गरि नसकेका कारण पिएसजीले उनलाई भित्राउने चासो देखिएको छ । तथापी युभेन्ट्स भने उनीसँग नयाँ सम्झौता आशावादी छ ।

डिबालाका एजैन्ट जर्ज अन्टुनले युभेन्ट्ससँग नयाँ सम्झौताका बारेमा छलफल भइरहेको बताएका छन् । तर, बार्षिक पारिश्रमिकनै छलफलको मुख्य विषय रहँदै आएको छ । डिबालाले १२ मिलियन युरो माग गरिरहँदा युभेन्ट्स भने बार्षिक १० मिलियन युरोमा मनाउने प्रयासमा छ ।

पिएसजीका स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आउने सिजन फ्रान्सेली च्याम्पियन छाड्ने सम्भावना छ । यदि उनीहरुले छाडे भने क्लबले नयाँ खेलाडी लिनै पर्ने हुन्छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर उनको माग अनुसारको पारिश्रमिक दिएर डिबालासँग लामो सम्झौता गर्ने पक्षमा छन् ।

डिबाला यो सिजन युभेन्ट्समा उच्च फर्ममा छन् । त्यसैले क्लब उनी जस्तो महत्वपूर्ण खेलाडीलाई गुमाउन चाहदैन । २६ वर्षे स्टारको युभेन्ट्सको अहिलेको सम्झौता सन् २०२२ सम्म छ । क्लबले उनले थप सम्झौताका लागि मनाउने विश्वास लिएको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.