default_image

5 years ago

April 2, 2020

‘नेयमार नभई नहुने खेलाडी होइनन्’

121 views

0 Bookmark

एजेन्सी – ब्राजिली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एडेनर लियोनार्दाे बाच्ची (टिटे)ले नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि टोलीमा नभई नहुने खेलाडी नरहेको बताएका छन् ।

गोलसँगको कुराकानीका क्रममा टिटेले विश्व फुटबलका स्टार नेयमार टोलीका लागि आवश्यक खेलाडी रहेपनि नभई नहुने खेलाडी भने नरहेको बताएका हुन् । टिटे सन् २०१६ देखि ब्राजिली टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा ब्राजिलले ४८ खेलमा ३४ मा जित, १० बराबरी र ४ हारको नतिजा निकालेको छ ।

‘उनी टोलीको लागि आवश्यक खेलाडी हुन् । उनीसँग टोलीमा रहने क्षमता र प्रतिभा छ । यही प्रतिभाकै कारण उनी लामो समयदेखि ब्राजिलको राष्ट्रिय टोलीको महत्वपुर्ण फरवार्ड बनेका छन्,’ गोलसँगको कुराकानीमा टिटेले भने, ‘म पनि नेयमारको प्रशंसक हु । नेयमारले राम्रो प्रदर्शन गरे उनीमा अप्रत्यासित क्षमता छ । उनी एकल र टिममा भिज्न सक्ने खेलाडी हुन् । जुन अरु खेलाडीमा छैन । तर, यति हुँदैमा उनी नभई नहुने भन्ने होइन । उनी सँधै उही स्तरमा खेल्ने सम्भावना रहँदैन । उतारचढाव आउन सक्छ ।’

नेयमारले ब्राजिलका लागि १०१ खेलमा ६१ गोल गरेका छन् । उनी ब्राजिलबाट सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् । उनीभन्दा अघि महान् हस्ती पेले (७७) र रोनाल्डो (६२) गोल रहेका छन् । २८ वर्षीय नेयमारले ब्राजिलबाट एकपटक कन्फेडेरेसन कप र एकपटक ओलम्पिक जितेका छन् ।

ब्राजिलले गतवर्ष कोपा अमेरिका जित्दा नेयमार चोटका कारण टोली बाहिर रहेका थिए । उनले यो सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट २३ खेलमा १८ गोल र ६ असिस्ट दिएका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.