5 years ago
April 2, 2020
एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतित गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो ।
२०१५ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट लिभरपुल आएयता ५२ वर्षीय क्लोपले लिभरपुलको प्रदर्शनमा व्यापक परिवर्तन गरिदिएका छन् । सुरुवाती समयमा औसतको प्रदर्शन गरेपनि लिभरपुले पछिल्लो दुई वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अघिल्लो वर्ष इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि लिभरपुल अन्तिम समयमा चुकेको थियो ।
तर, यो सिजन लिभरपुल प्रिमियर लिगको ९ खेल बाँकी छदै उपाधिनजिक उभिएको छ । लिभरपुललाई अब प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । प्रिमियर लिग ३० अप्रिलसम्मलाई स्थगित छ । त्यसपछि पनि शुरु हुने या नहुने अन्योलता छ ।
क्लोपले यसअघि बोरुसिया डर्टमन्डमा पनि उत्कृष्ट समय व्यतित गरेका थिए । उनले जर्मन बुन्डेसलिगामा बायर्नको वर्चस्व तोड्दै उपाधि जित्न सफल भएको थियो । यिनै प्रशिक्षक क्लोपलाई जोगाउन लिभरपुलले गम्भीर चासो लिएको छ । क्लबसँगको सम्झौता २०२४ सम्म रहेपनि क्लोपलाई अन्य क्लब र देशले पनि मुख्य प्रशिक्षक बनाउने प्रयास गरिरहेका छन् ।
उनलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि प्रयास गरेको थियो । तर, उनी एनफिल्डमै रहे । क्लोपलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न प्रस्ताव पनि आएको छ । मिररका अनुसार जर्मनी फुटबल एसोसिएसनले सफल प्रशिक्षकको रुपमा दरिएको जोचिम लोको उत्तराधिकारीको रुपमा क्लोपलाई अनुबन्ध गर्ने प्रयास थाल्ने उल्लेख गरेको छ ।
लिभरपुललाई ठुलो सफलता दिलाएका क्लोपलाई लिभरपुल लामो समय क्लबमै राख्ने योजनामा छ । तर, यो क्लोपको निर्णयमा पनि भर पर्नेछ । क्लोपले भने आफु लिभरपुलमै खुसी रहेको र जर्मनी जाने विषयमा केही पनि नसोचेको बताएका छन् । जर्मनी राष्ट्रिय टोलीमा जोचिम लोको सम्झौता २०२२ सम्म रहेको छ । क्लोपको लिभरपुलमा सम्झौता २०२२ सम्म रहेपनि उनले यसै वर्ष थप दुई वर्षको सम्झौता नवीकरण गरेका थिए ।
क्लोपले एनफिल्डमा ५ वर्ष बिताइसकेका छन् । उनी म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र आर्सनलका आर्सेनी वेंगर जस्तै एनफिल्डमा विरासत बनाउने प्रयासमा हुनेछन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]