5 years ago
April 1, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यो सिजनको बाँकी रहेको युइएफए च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गरेको छ ।
युइएफएको ५५ सदस्यीय राष्ट्रको प्रतिनिधिको बुधबार बसेको भिडियो कन्फ्रेस बैठकले यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यस्तै युइएफएले जुनसम्मको सबै अन्तर्राष्ट्रिय खेल पनि स्थगित गरेको जनाएको छ ।
यससँगै विश्व फुटबलको अर्काे सिजनको क्यालेन्डरलाई असर गर्ने पक्का भएको छ । यूईएफएले जुनमा युरोकपको प्ले अफ खेलहरु हुन तालिका बनाएको थियो ।
प्रिमियर लिग ३० अप्रिलसम्म स्थगित छ । प्रिमियर लिगका म्यानचेस्टर सिटी र चेल्सी च्याम्पियन्स लिगमा रहँदा म्यानचेस्टर युनाइटेड र वल्भ्स र स्कटिस प्रिमियर लिगको रेन्जर्स युरोपा लिगमा रहेको छ । यस्तै च्याम्पियन्स लिग, युरोपा लिगा र वुमन्स च्याम्पियनेको फाइनल पनि अनिश्चित कालको लागि सरेको छ ।
मे महिनालाई फाइनल खेलहरू हुने तय भएको थियो । युरोपका लिगहरु रद्ध गर्ने कि सुचारु गर्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन । युइएफएका अध्यक्ष एलेक्सन्दर सेफरिनले एक साताअघि जुन महिनासम्म पनि सिजन शुरुवात हुन नसकेको अवस्थामा सिजन अन्त्य गरिने बताएका थिए ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]