default_image

5 years ago

April 2, 2020

मेस्सीको पारिश्रमिक कटौतीबाट मात्रै ५ मिलियन बचत

104 views

0 Bookmark

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर पारेको छ । अन्य क्षेत्र जस्तै खेल क्षेत्रमा पनि ठूलो असर पारेको छ । जसका कारण युरोपका ठूला क्लबहरुले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् ।

बार्सिलोनाका खेलाडी ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि यसअघि नै राजी भइसकेका छन् । जसबाट क्लको मासिक रुपमा झन्डै ३२ मिलियन पाउन्ड बचत हुने भएको छ । बार्सिलोनाले ठूलो रकम बुझ्दै आएका खेलाडीको तलब कटौती गरेर क्लबका अन्य कर्मचारीलाई भने नियमित तलब दिन यो कदम चालेको हो । यो निर्णयको विश्वभरबाट स्वागत हुँदै अन्य क्लबले पनि यसै पद्दति अबलम्बन गर्न थालेका छन् ।

बार्सिलोनाका ४ कप्तानहरु लियोन मेस्सी, जेरार्ड पिके, सर्जियो बुस्केट, सिर्जी रोर्बेटोको पारिश्रमिक कटौतीबाट मात्र ८.६ मिलियन पाउन्ड बचन हुने बताइएको छ । अर्जेन्टिनी सुपरस्टार एक्लैको कटौतीबाट मात्र क्लबलाई ५ मिलियन युरो बचत हुनेछ । त्यति मात्र होइन मेस्सीले हालै मात्रै कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि भन्दै २ वटा अस्पताललाई १ मिलियन युरो सहयोग गरेका थिए । पिके र बुस्केट्सको पारिश्रमिक कटौतीबाट क्लबलाई झन्डै समान १.५ मिलियन जोगिनेछ ।

रोबेर्टोको पारिश्रमिकबाट झन्डै ७ लाख युरो जोगिने बताएको छ । लुइस स्वारेज र एन्टोनी ग्रिजमन कप्तान नभएपछि उनीहरुको पारिश्रमिकबाट पनि क्लबलाई राम्रै बचत हुनेछ । ग्रिजमनको बाट क्लबले झन्डै २.१ मिलियन प्रति महिना बचत गर्नेछ । त्यस्तै स्वारेजको पाश्रिमिक कटौतीले झन्डै पिके र बुस्केट्सको जति जोगिनेछ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.