5 years ago
April 2, 2020
एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोड्न तयार रहेको बताएका छन् । ज्लाटन क्लबको व्यवस्थापनप्रति रुस्ट हुदै अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।
ज्लाटन यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका थिए । ला गाजेटा डेलो स्पोर्ट्सका अनुसार क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णयमा पुगेको बताइएको छ । ज्लाटन अहिले कोरोना भाइरसको महामारीको कारण स्वीडेनमा होम क्वारेन्टाइनमा रहेको छ ।
बोवानले नै ज्लाटनलाई एसी मिलान फर्काउन भुमिका निभाएका थिए । त्यसअघि ज्लाटनले २०१० देखि २०१२ सम्म मिलानमा बिताएका थिए ।
रिपोर्टअनुसार बोवानसँगै काम गरेका पाओलो माल्दिनीको पनि एसी मिलानमा भविष्य सुनिश्चित नरहेको बुझिएको छ ।
क्लबका सिइओ इभान गाजाडिस र माल्दिनीबीच जर्मन प्रशिक्षक राल्फ राङनिकलाई अर्काे सिजनबाट मिलानको व्यवस्थापकको रुपमा सम्पर्क गर्ने विषयमा छलफल भएको र टेक्निकल स्टाफको रुपमा काम गर्न निकै असजिलो भएको रिपोर्टमा उल्लेख छ । ‘यो अनादारपुर्ण छ । र यो मिलानको शैली होइन ।’ बोवानले भने, ‘जसले मिलानलाई चारपटक सिरी ‘ए’ च्याम्पियन र एक पटक च्याम्पियन्स लिग जिताएको छ । उनको यस्तो व्यवहार सुहाउदो छैन ।’
मिलान अहिले सिरी ‘ए’ को १२औं स्थानमा छ । तर, क्लबले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने लक्ष्य लिएको छ । माल्दिनीले क्लब च्याम्पियन्स लिगमा छनोट भएको अवस्थामा ज्लाटनको सम्झौता थप्ने क्लबले योजना बनाएको थियो । तर, अब यो सम्भावना सकिएको छ । ३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]