default_image

5 years ago

April 1, 2020

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

219 views

0 Bookmark

कप्तान कथन

बाबुराम पुन, पूर्व कप्तान (राष्ट्रिय फुटबल टोली)

आफ्ना पुस्ता र अझ केहि कान्छा खेलाडीझै मैले फुटबल खेल्न संघर्ष गर्नुपरेन । मेरो जन्म २००५ सालमा म्याग्दीको सिख गाविसको फलाँटेमा भयो । बुबा भारतीय सेनामा अफिसर हुनुभएकाले मेरो विद्यालय जीवनको अधिकांश समय भारतको देहरादुनमा नै बित्यो । त्यहाँको गोरखा मिलिटरी सेकेन्डरी हाइस्कुलमा पढ्दा मेरो दौंतरी नै नामुद फुटबलर श्याम थापा, भीम थापा थिए । हुन त बीचमा केही समय पोखरामा पनि पढेँ । तर, खेल्ने वातावरण नहुँदा फेरि देहरादुन नै फर्किएँ ।

नेपालका खेलाडीहरुको खेल्नका लागि फुटबलको जोहोसमेत गर्न संघर्ष गर्नुपर्ने दिनमा मैले भने राम्रो खेलकै कारण उल्टै विद्यालयमा छात्रवृति र पकेट खर्चसमेत पाउँथे । त्यसबेला सारा उत्तर प्रदेशबाट हाम्रो मात्र विद्यालयले लिटल डुरान (हाल सुब्रतो मुखर्जी कप) खेल्न पाउँथ्यो । यस अर्थमा आफ्ना पुस्ताका हामी भाग्यमानी खेलाडी नै थियौं ।

हामीले कहिल्यै भोगटे वा कपडालाई भकुन्डोको आकार दिएर फुटबल खेल्नुपरेन । त्यति मात्र होइन राम्रो खेलाडी भएका कारण विद्यालयका शिक्षक समेत हामीलाई सम्मानभावले हेर्थे । त्यो पो हो खेलप्रतिको सकारात्मक भावना । दुःखसाथ भन्नुपर्दा नेपालमा अहिले पनि त्यसको कमी छ ।
मैले बुन्देलखण्ड झाँसी हमिरपुरको ब्रम्हानन्द विद्यालय इन्टर कलेजबाट १० कक्षा पास गरेँ । बुवाको सरुवाका कारण । तर, जे भने पनि मनबाट आफ्नो माटोको माया कहिल्यै टाढा गएन । कुनै तस्बिर वा वृतचित्र हेर्दा आफ्नो घर परिवेशसँग मिल्ने दृश्य देख्दासमेत अर्कै आनन्द आउँथ्यो । रगतमा राष्ट्र बग्थ्यो ।

त्यसैले १० कक्षा पास गरेपछि केही न केही नेपालमै गर्छु । अनि बाच्ने आधार कसो तयार नहोला भनेर यतै फर्किएँ । त्यसबेलाका बाटोघाटो अहिलेजस्तो सुगन थिएनन् । कुरो २०२३ सालको हो । फर्कने क्रममा नारायणघाट आइपुग्दा एक साप्ताहिक पत्रिकामा नेपाल प्रहरीमा भर्ना खुलेको सूचना पढ्न पाएँ । अनि घर नगएर हेटौंडा हुँदै सिधै काठमाडौं हान्निएँ ।

देहरादुनको थमन होस्टलमा सँगै बस्नु भएका प्राध्यापक सन्तबहादुर गुरुङ दाजुसँग चिनापर्ची भएको थियो । यहाँ आएर पहिले उहाँलाई भेटें । प्रहरीमा जागिर त खाने, तर मसँग नागरिकता नै थिएन । त्यसबेला धर्मबहादुर थापा सहायक अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँ त कुनै बेला फुटबलमा उत्तर प्रदेशकै कप्तान समेत बनिसकेका, त्यति राम्रा खेलाडी । मलाई नागरिकता बनाउन कठिनाई भएन । उहाँहरुसँग भेट हुनु नै मेरो अहोभाग्य । म प्रसनि भएँ । त्यो पनि १० औं ब्याचको अलराउन्ड पहिलो भएर । प्रहरी प्रतिष्ठानको भित्तामा मेरो त्यो सफलता अहिले पनि साक्षी बनेर लेखिएको छ ।

मेरो पहिलो दरबन्दी तत्कालिन सदर प्रहरी तालिम केन्द्र र त्ससपछि ट्राफिकमा भए पनि खेलसँग माया त बसिरहने नै भयो । त्यसबेला प्रहरी टोलीले प्रतियोगिता खेल्दैन थियो । किन हो, प्रहरी र सेनालाई बाहिरी प्रतियोगिता खेल्न अनुमति थिएन । नेपाल प्रहरीको टोली इतिहासमा कतै हराइरहेको थियो । अन्तरअन्चल आइजिपी सिल्ड त खेल्थ्यौं नै । साथै विभिन्न क्लब आएर खेलाडीको माग पनि गर्थे ।

त्यसबेला मैले ठमेल ११ बाट खेल्ने मौका पाएँ । अनि राष्ट्रिय टोलीमा समावेश भएर सन् १९७० मा आगा खाँ गोल्डकप तथा १९७१ र ७२ मा एसियन युथकपमा खेल्ने मौका पाएँ । मैले नेतृत्व गरेको नेपाली टोलीले बर्मा, हङकङ र चीनसँग पनि खेल्यो । त्यसबेला नियमित कप्तान अच्युतकृष्ण खरेल कारणवश टोलीमा समावेश नभएका कारण मैले नेतृत्व गर्ने मौका पाएको थिएँ ।

२०२९ सालमा म वर्ष खेलाडी छानिएँ । त्यसपछि इरानमा गएर प्रशिक्षकको तालिम लिने मौका पनि पाएँ । त्यसपछि मेरो खेलाडी जीवनले प्रशिक्षकको स्वरुप लियो । हुन त त्यसअघि नै प्रहरी र सर्वसाधारण खेलाडीलाई समावेश गरेर हामीले महेन्द्र क्लब बनाएका थियौं । जसमा अशोक केसी, सुरेश पन्थी, रुपक शर्मा, विदुर विष्टजस्ता नामुद खेलाडी पनि थिए । अनि कालान्तरमा त्यी क्लब महेन्द्र पुलिस क्लब बन्यो ।

मेलै वरिष्ठ प्रहरी उररीक्षकका रुपमा अवकाश पाउनुअगाडि आधाभन्दा बढी समय त तालिम केन्द्रमै बिताएँ । फुटबलको प्रशिक्षक पनि बनेँ । मलाई पछि पनि खेल्न अति मन लाथ्यो, तर प्रशिक्षकको जिम्मोरी वहन गरेपनि त्यो चाहनालाई निलेरै बसेँ । हाम्रो समयमा खेलाडी अभाव पनि निकै हुन्थ्यो । जापानमा आयोजित एसियन युथ कपको क्रममा सेन्टर फरवार्ड बुद्धि गुरुङ घाइते हुँदा रिजर्भ किपर धनबहादुर बस्नेतलाई खेलाउनुपरेको म कहिल्यै बिर्सिदिनँ ।

मलाई अघिल्लो पुस्ताका कोमल पाण्डे, अच्युतकृष्ण खरेल, रुपकराज शर्मा, सुरेश पन्थी तथा अशोक केसी निकै राम्रा लाग्थ्यो । हिजोआजका खेलाडीसँग मेरो संगत छैन । सम्बन्धित निकायले पहल पनि नगर्दा खेलाडी चिन्न सकिएका छैनन् । रंगशाला धाएर फुटबल हेर्ने त्यति बानी पनि परेन । कसैले हेर्न बोलाएनन् नि । किन हो कुन्नि, यहाँ नयाँ खेलाडीसँग घुलमिल गराउने वातावरण नै तयार गरिएन । अब त्यो मौका मिलेको छ, खुसी लाग्यो ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

नेपालमा फुटबलको उदय

जति खेलियो कप्तानी नै गरियो

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो । खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले […]

Success

Thank you for your time.