5 years ago
April 1, 2020
एजेन्सी – ब्राजिली स्टार प्लेमेकर फिलिपे कौटिन्हो अनुबन्ध गर्न इंग्लिस प्रिमियर लिगका चार क्लबले चासो देखाएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलिरहेका स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अनुबन्ध गर्न प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनहमसँगै लेस्टर सिटीले चासो देखाएको हो ।
प्रिमियर लिग लिभरपुलका पुर्व स्टार कौटिन्होलाई बार्सिलोनाले २०१८ मा अनुबन्ध गरेको थियो । तर, कौटिन्होले बार्सिलोनामा अवसर नै पाउन सकेनन् । त्यसपछि बार्सिलोनाले कौटिन्होलाई यसै सिजन लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पठाएको थियो । उनलाई बार्सिलोना र बायर्नले नराख्ने बताइरहँदा प्रिमियर लिगका चार क्लबले उनीमाथि चासो देखाएका हुन् ।
कौटिन्होले यो सिजन बायर्नबाट ३२ खेल खेल्दै ९ गोल गर्दा ६ असिस्ट दिएका छन् । उनलाई अनुबन्ध गर्ने दौडमा सबैभन्दा अघि म्यानचेस्टर युनाइटेड देखिएको छ । बेलायती पत्रिका स्पोर्ट्सका अनुसार युनाइटेडले यसै जनवरीमा अनुबन्ध गरेका ब्रुनो फर्नान्डेजलाई सहजताका लागि कौटिन्हो भित्राउने तयारीमा छ । तर, युनाइटेडले २७ वर्षीय कौटिन्हो अनुबन्ध गर्नका लागि चेल्सी, टोटेनहम र लेस्टर सिटीलाई पन्छाउनुपर्ने हुन्छ ।
कौटिन्होले पुर्व क्लब लिभरपुल फर्कने विषयमा भने अर्कै यात्रामा रहेको बताउँदै तत्कालका लागि सम्भव नभएको बताएका छन् । लिभरपुलका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सले नै कौटिन्होलाई लिभरपुलमा अनुबन्ध गरेका थिए । उनी हाल लेस्टरमा छन् । तर, पछिल्लो अवस्थाले बार्सिलोनाले कौटिन्होलाई स्थयाी रुपमा राख्न सक्नेछ ।
विश्वव्यापी महारमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प रहँदा क्लबहरुलाई पनि आर्थिक संकट हुन सक्ने सम्भावना छ । बार्सिलोनाले सोमबार राति मात्रै क्लबका खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । जसमा खेलाडीहरुले सहमती जनाएका थिए ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]