default_image

5 years ago

April 2, 2020

केन टोटेनहममै रहनेमा शंका

115 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्नो स्टार फरवार्ड ह्यारी केन क्लबमै रहनेमा विश्वस्त रहन नसकिने अवस्था रहेको बताएका छन् । इंग्ल्यान्डका २६ वर्षीय केनले गत आइतबार टोटेनहममा आफ्नो भविष्यबारे शंका व्यक्त गर्दै क्लब छाड्न सक्ने संकेत दिएका थिए । 

केनलाई क्लबमै राख्न टोटेनहमलाई आउदो सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाउनुपर्ने दवाव छ । टोटेनहम अहिले प्रिमियर लिगको आठौं स्थानमा रहेको छ । प्रिमियर लिगको नतिजाले पनि केनको टोटेनहममा भविष्य निर्धारण गर्न सक्नेछ ।

विश्वमा सर्वश्रेष्ठ सेन्टर फरवार्डको रुपमा स्थापित केनले केहि दिनअघि एक अन्तरवार्तामा आफू सफल खेलाडी हुनका लागि एकै क्लबमा खेलिरहन जरुरी नरहेको बताएका थिए । तर, २०० मिलियन पाउन्ड मुल्य तोकिएको केन अर्काे सिजन पनि लन्डन क्लबमै रहनेमा सम्भावना छ ।

केनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएका छन् । सिटीले अर्जेन्टिनी सर्जियो अगुइरोको विकल्पमा अघि सार्दा युनाइटेडले पनि उनलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । रियल म्याड्रिड लामो समयदेखि केनको अवस्था अध्ययन गरेर बसिरहेको छ ।

टोटेनहमले शीर्ष चार रहने योजना बनाउने र त्यसमा असफल भए केनलाई जसरी पनि क्लबमा राख्ने योजना बनाइरहेको छ । केनको टोटेनहममा अझै ४ वर्ष सम्झौता रहेको छ । टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले केनलाई बेच्नुपरेपनि कम्तीमा २०० मिलियन पाउन्डभन्दा कम मुल्यमा नबेच्ने बताएका छन् । लेभीले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबलमा असर परेको र ठुलो मुल्यमा खेलाडी सरुवा कम हुने बताएका छन् ।

केन अहिले चोटका कारण मैदान बाहिर छन् । प्रिमियर लिग ३० अप्रिलसम्म स्थगित गरिएको छ । ३० अप्रिलपछि खेल शुरु हुन सकेको अवस्थामा उनले पनि चोटबाट पूनरागमन गर्न सक्नेछन् ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.