default_image

5 years ago

April 1, 2020

युभेन्ट्स छाडे रोनाल्डोलाई कम विकल्प

107 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी रुपमा परेको असरले सुपर स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाड्न सक्ने अनुमार इटालियन सञ्चारमाध्यमले गरेका छन् । सन् २०१८ मा टुरिन पुगेका रोनाल्डोसँग त्यो क्लब छोड्नु पर्ने अवस्थामा धेरै विकल्प भने हुने छैनन् ।

वास्तविकतालाई हेर्ने हो भने पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड रोनाल्डोका लागि विकल्प हुन सक्दछन् । दुवै टोलीको बलियो आर्थिक अवस्था र अन्य कारणले गर्दा उनको नयाँ गन्तव्य हुन सक्दछन् । युनाइटेड रोनाल्डोका लागि सहि गन्तव्य हुन सक्दछ । यनाइटेडसँग सफलताको उनको सम्झना पनि छ । उनी २००३ देखि २००९ सम्म युनाइटेडका महत्वपूर्ण खेलाडी मध्येका एक थिए ।

पिएसजी पनि आर्थिक रुपमा बलियो क्लब हो । टोलीमा स्टार खेलाडी रहने उसको इतिहास र वर्तमान हो । अहिले भएका स्टार नेयमार र केलियन एमबाप्पले मध्ये एकले पिएसजी नयाँ सिजनमा छाड्ने लगभग निश्चित जस्तै छ । त्यस्तो अवस्थामा रोनाल्डो पिएसजीका लागि राम्रो विकल्प हुन सक्दछन् ।

युरोपमा अन्य क्लब पनि सक्षम छन् । तर, धेरैले उनलाई भित्राउन प्रयास नगर्न सक्छन् । पूर्व क्लब रियल म्याड्रिड पनि उनका लागि एउटा विकल्प हुन सक्दछ । यद्यपी दुवै पक्षबीच नयाँ सम्झौताको सम्भवना न्यून छ । बार्सिलोनाले पनि उनलाई भित्राउने प्रयास गर्ने सम्भावना खासै रहदैन । अर्को जित जर्मनीको बायर्न म्युनिखका निर्देशकहरुले उमेर ढल्केका खेलाडीलाई नलिने रणनीति बताएका कारण त्यहाँ पनि उनको सम्भावना नहुन सक्दछ ।

एमएलएस पनि उनको लागि राम्रो विकल्प हुन सक्छ । डेविड बेकह्यामको नयाँ क्लब इन्टर मायमीले अप्रत्यासित खेलाडी अनुबन्ध गर्ने बताइरहँदा रोनाल्डोले उक्त विकल्प पनि रोज्न सक्छन् । यद्यपि त्यसका लागि रोनाल्डोले आफ्नो तलबमा केहि समझदारी गर्नुपर्ने हुन्छ ।

इंग्ल्यान्डको हकमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी उनका लागि अन्य सम्भावित क्लब हुन् । सिटीले अर्को वर्ष च्याम्पियन्स लिग खेल्न नपाउने गरि प्रतिबन्ध लागेका कारण त्यो उनको रोजाई नहुन सक्छ । लिभपुल र चेल्सी जस्ता क्लबले रोनाल्डो जस्तो सुपरस्टारलाई लिन सम्भावना कम छ । त्यसअर्थ पिएसजी र युनाइटेड मध्ये रोनाल्डोका लागि सहि गन्तव्य हुन सक्ने इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.