default_image

5 years ago

April 1, 2020

बार्सिलोनाका डेम्वेले क्लोपको नजरमा

120 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बार्सिलोनाका विंगर औसमाने डेम्वेलेलाई अनुबन्ध चाहेको बताएका छन् । स्पेनिस क्लब बार्सिलोनाको फ्लप रहेका फ्रान्सका विंगर डेम्वेले अनुबन्ध गर्न क्लोपले चासो देखाएको हो ।

चोटका कारण डेम्वेले बार्सिलोनामा आफ्नो प्रभाव छोड्न असफल भएको थियो । डेम्वेले अहिले पनि चोटसँग नै जुधिरहेको छ । ‘डेम्वेलेको प्रशंसक हुँ । उनी अहिले चोटसँग जुधिरहेको छ । तर, मलाई विश्वास छ । नी चोटबाट फिट हुने बित्तिकै आफ्नो पुरानो फर्ममा आउन सक्नेछ । उनले छोटो समयमै जर्मन क्लब बोरुसिया डर्टमन्डमा राम्रो प्रभाव जमाउन सफल भएका थिए ।’ जर्मन प्रशिक्षक क्लोपले भने ।

स्पेनिस क्लब बार्सिलोनाले डेम्वेले बेच्ने बताइरहेको छ । लिभरपुलले डेम्वेलेलाई ८० मिलियन पाउन्डसम्म खर्च गर्ने तयारी गरेको छ । डेम्वेले २०१७ मा १०० मिलियन पाउन्डमा डर्टमन्डबाट बार्सिलोना पुगेको थियो । बार्सिलोना पुगेदेखि नै डेम्वेलेले चोटसँग संघर्ष गरिरहेको छ । बार्सिलोनाले डेम्वेले बेचेर इटालियन क्लब इन्टर मिलानका लोटारो मार्टिनेजलाई अनुबन्ध गर्नु प्रयासमा छ ।

डेम्वेलेले गत नोभेम्वरमा च्याम्पियन्स लिगमा आफ्नै पुर्व क्लब डर्टमन्डविरुद्धको खेलमा चोट बोक्न पुगेको थिए । त्यसयता उनी मैदान बाहिर छन् । उनले यो सिजन तीन खेल मात्रै खेलेका छन् ।  २२ वर्षीय डेम्वेलेलाई बार्सिलोनाले नेयमारको विकल्पमा अनुबन्ध गरेको थियो । नेयमार त्यतिबेला विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा फ्रेन्च क्लब पीएसजी पुगेका थिए ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.