default_image

5 years ago

April 2, 2020

प्रिमियर लिगमै रहने विलियनको इच्छा

91 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विलियनले आफू प्रिमियर लिगमै रहन चाहेको प्रष्ट पारेका छन् । चेल्सीसँगको उनको सम्झौता चार महिनामा सकिँदैछ । ३१ वर्षे विलियन र चेल्सीबीच नयाँ सम्झौता हुन सकेन । अहिले नविकरणका विषयमा छलफल पनि टुंगिएको बताइएको छ ।

अर्को सम्झौता भएन भने उनी जुन ३० मा चेल्सीबाट अलग हुनेछन् । प्रिमियर लिगकै अन्य टोली आर्सनल र टोटेनहमले उनीमाथि चासो देखाइरहेको बताइएको छ । त्यस्तै बार्सिलोनाले पनि ब्राजिलियन विङ्गरलाई लिन सम्भावना रहेको बताइएको छ । तर विलियन भने प्रिमियर लिगमै रहन चाहन्छन् ।

‘प्रिमियर लिगमै रहने मेरो चाहना हो । यद्यपी अन्य लिग खेल्ने विषयलाई पनि मैले पुरै अस्वीकार गरेको छैन,’ उनले भने, ‘यो सिजनको अन्त्यसम्म म यहि खेल्नेछु । त्यसपछि के हुन्छ हेरौं । म इंग्ल्याण्डमै अभ्यस्त छु ।’

उनले पुरानो क्लब कोरियथेन्स जाने कुनै योजना नभएको उल्लेख गर्दै अहिले युरोप मै रहने बताएका छन् । ‘म अहिले आफ्नो जीवनको उच्च विन्दुमा छु । खेलाडीले खेल जीवनभरमा यस्तो अवस्था आउछ,’ उनले थपे, ‘मलाई लाग्छ म अहिले उच्च विन्दुमा छु ।’ उनका पूर्व प्रशिक्षक जोसे माउरिन्हो अहिले टोटेनहममा रहेकाले विलियन त्यहाँ जाने सम्भावना रहेको पनि बताइएको छ । ‘मोउरिन्होको प्रशिक्षणमा मैले धेरे सिकेको छु,’ उनले थपे, ‘हाम्रो बीचमा म्यासेज आदन प्रदान हुन्छ । तर धेरै भयो हाम्रो भेट भएको छैन ।’

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.