default_image

5 years ago

March 31, 2020

रोनाल्डोले युभेन्ट्स छाड्न सक्छन् !

157 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस कोभिड १९ को महामारीले उत्पन्न गरेको परिस्थितिलाई मध्यनजर गर्दै सुपर स्टार रोनाल्डोले युभेन्ट्ससँग पारिश्रमिक कटौतीका लागि सहमति जनाइसकेका छन् ।

कोरानाका कारण क्लबको आर्थिक अवस्थामा पार्न सक्ने असरलाई हेर्दा भविष्यमा रोनाल्डोलाई राख्न युभेन्ट्स असक्षम हुने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर हुँदा रोनाल्डो जस्तो उच्च पारिश्रमिक भएका खेलाडी राख्न क्लबलाई कठिन हुने सक्ने बताइएको छ ।

पाँच पटकका बालोन डी ओर विजेता दुई वर्षअघि रियल म्याड्रिडबाट टुरिन पुगेका थिए । जहाँ उनले वर्षको ३१ मिलियन युरो बार्षिक रुपमा आम्दानी गर्छन् । युभेन्ट्सले पारिश्रमिक दिन नसक्ने अवस्था बनेको खण्डमा रोनाल्डोले क्लब छाड्न पर्ने अवस्था बन्न सक्छ । त्यो अवस्थामा पोर्चुगिज स्टार ७० मिलियन युरोमा ले अन्य क्लब जान सक्छन् । यद्यपी युभेन्ट्ससँगको उनको सम्झौता अझै २ वर्ष बाँकी छ । त्यसपछि पनि उनले अर्को एक सिजन त्यहि बस्न सक्ने विकल्प पनि छ ।

हाललाई केहि समयका लागि मात्र तलब कम लिन मानेको भएपनि लामो समयका लागि भने क्लब र खेलाडीबीच सोहि किसिमको सहमति नहुन सक्छ । यस्तो अवस्थामा अन्यत्रबाट उचित प्रस्ताव आए खेलाडी र क्लब दुवैको हितका लागि रोनाल्डोले क्लब छाड्न सक्छन् । त्यसो त डेविड बेकह्यामले यसअघि नै अमेरिकी मेजर लिग सकरको आफ्नो क्लब मायामी सिटीमा अनपेक्षित स्टार ल्याउने खुलासा गरेका थिए । रोनाल्डो र बेकह्यामको सम्बन्ध हेर्दा निकट भविष्यमा त्यसको सम्भावना पनि रहेको छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.