default_image

5 years ago

March 31, 2020

बार्सिलोनाका खेलाडी पारिश्रमिक कटौतीमा सहमत

112 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडी समेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो । तर, पछि खेलाडीहरुले क्लबको अवस्थालाई मध्यनजर गर्दै ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि सहमत भएका हुन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा ढिला भएको बताए । यसअघि इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए ।

स्पेन ११ अप्रिलसम्म लकडाउन गरिएको छ । कोरोनाको कारण स्पेनमा ७ हजार बढीले ज्यान गुमाइसकेको छ । स्पेनमा पनि विशेष गरी क्याटलान क्षेत्र बढी प्रभावित छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.