5 years ago
March 31, 2020
एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । लिग र च्याम्पियन्स लिग स्थगित भएका छन् भने यो वर्ष आयोजना हुनुपर्ने युरो कप अर्को वर्षका लागि सारिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन अझै कति सयम लाग्ने कुनै यकिन छैन । यस्तोमा प्रिमियर लिगको सिजन पुरा नहुन सक्छ भन्ने शंका पनि गर्न थालिएको छ । यदि सिजन सकिए भने पनि प्रिमियर लिग उपाधि लिभरपुललाई दिनु न्याय संगत हुने म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनले बताएका छन् ।
इंग्ल्यान्डमा कम्तीमा अप्रिल ३० सम्म फुटबल स्थगित हुने सम्भावना छ । लिग स्थगित हुँदाको अवस्थामा शीर्षस्थानको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अगाडी छ । ३० वर्ष यता लिग उपाधि जित्नका लागि अब लिभरपुललाई मात्र २ जितको आवश्यकता छ । तर यूईएफएले सिजन पूरा नभएको अवस्थामा च्याम्पियन र रेलिगेसन तय गर्न नसकिने प्रष्ट पारेको छ । यसअघि नै इंग्लिस फुटबलको तल्लो श्रेणीमा बढुवा भइसकेको अवस्थामा पनि लिग रद्द गरेर च्याम्पियन र रेलिगेसन प्रावधान हटाइएको छ ।
सिजन यसैमा टुंगिएको अवस्थामा लिभरपुललाई उपाधि दिँदा के होला भन्ने प्रश्नमा जर्मनी अन्तर्राष्ट्रिय २९ वर्षे गुन्डोगुनले भने, ‘मरो लागि त्यसमा कुनै समस्या छैन । त्यो ठिकै हो । प्रिमियर लिगका क्लबबीच अप्रिल ३ गते बैठक छ । त्यो बैठकले कम्तीमा अप्रिलको अन्त्यसम्ममा फुटबल स्थगित राख्ने सम्भावना छ ।’
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]