default_image

5 years ago

March 31, 2020

जेलमा रोनाल्डिन्हो फुटभलीमा व्यस्त

112 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता ब्राजिलियन रोनाल्डिन्हो अहिले पनि पाराग्वेको जेलमा छन् । फर्जी पासपोर्टको अभियोगमा उनी पक्राउ परेका हुन् । केहि दिन अघि मात्र उनको ४० औं जन्म दिन परेको थियो ।

अहिले उनी जेलमा फुटभलीमा ब्यस्त रहने गरेका छन् । बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होको मुद्दा चलिरहेको छ । जेलमा पनि उनले आफुलाई खेलकुदमा व्यस्त राख्न गरेका छन् । केहि दिन अघि भएको आन्तरिक फुटसल प्रतिस्पर्धामा उनको मुख्य भुमिकामा टोली विजयी भएको थियो । पुरस्कार स्वरूप विजयी टोलीले १६ किलोको सुँगुर पाएको थियो । रोनाल्डिन्हो र उनका दाजुले अझै छ महिना जेल मै बिताउनु पर्ने पनि सम्भावना पनि रहेको बताइएको छ ।

पाराग्वे पुलिसले आधिकारिक विज्ञप्तिमा रोनाल्डिन्हो र उनका समुहलाई क्यासिनोका मालिक नेल्सन बेलोट्टीले पराग्वेमा आमन्त्रित गरेका थिए । सोही निमन्त्रणालाई स्वीकादै उनीहरु नक्कली कागजात प्रयोग गरी पाराग्वे पुगेका थिए ।

हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन । उनलाई ब्राजिली अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना गरेको थियो । त्यो बापत उनलाई ८५ लाख डलर जरीवाना गरिएको थियो । उक्त जरिवाना रकम भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँको सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश गरेको थियो । उनले २०१५ मा त्यहाँस्थित एक तालमा बिना लाइसेन्स माछा मार्ने अखडा बनाएका थिए ।

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा रोनाल्डिन्हो टोलीका मुख्य सदस्य रहेका थिए । ३९ वर्षीय रोनाल्डिन्होले २००५ मा ‘बालोन डी ओर’ तथा २००४ र २००५ मा ’फिफा वल्ड प्लेयर अफ द ईयर’ अवार्ड जितेका थिए ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.