default_image

9 years ago

July 29, 2016

भारतसँग नेपालको अर्को हार

97 views

0 Bookmark

नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसाग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य गर्‍यो ।

nepali national volleyball team

नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको बताए । उनले भने, ‘हामीले अनुभव बढाएका छौं,आगमी दिनमा टिमले अझ राम्रो खेल प्रदर्शन गर्ने छ । मैत्रीपुर्ण खेलबाट हामी सन्तुष्ट छौं । यसले हाम्रो स्तर बढाउन धेरै सहयोग गरेको छ ।’

भारती टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालको स्तर बढेको बताईन् । सोचेभन्दा सुधारउन्मुख खेल नेपालले खेल्यो । पहिलो खेलमा अन्तिम सेट र आज पहिलो सेट जित्न कठिन भयो । उनले भनिन, ‘ नेपालले हरेक खेलमा सुधार गर्ने गरेको छ । तर उनीहरुको दोस्रो स्पाइकर र ब्लक त्यति गतिलो छैन । त्यसमा उनीहरुले सुधार गरे अझ राम्रो हुन सक्छ ।’

यसअघि नेपाल र भारत १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । सागमा स्वर्ण जितेको भारतले त्यतिबेला नेपाललाई सोझो सेटमा हराएको थियो । त्यसअघि नेपाल र भारत २ वर्ष अघि नेपालमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा खेलेको थिए । त्यो खेलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको थियो ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.