5 years ago
March 30, 2020
एजेन्सी – सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् ।
ब्राजिलमा भएको सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल खेल्ने तय थियो । बेल्जियमविरुद्ध खेलमा चोट बोकेका कारण डी मारिया खेल्ने नखेल्ने शंका नै थियो । त्यसबेला उनको क्लब रियल म्याड्रिडले पत्र पठाएपनि डी मारियाले उक्त चिठी नखोली च्यातिदिएको खुलासा गरेका छन् । पोडेमोस हब्लारसँग अन्तर्वार्ताका क्रममा डी मारियाले त्यसबेलाको स्थितिबारे खुलासा गरेका हुन् ।
‘म बेल्जियमविरुद्ध खेलमा घाइते भएको थिएँ । मेरो खुट्टा पूरै ठिक अवस्थामा थिएन तर म फाइनल खेल्न चाहन्थें,’ उनले भने, ‘मलाई मतलब थिएन कि उक्त चोटले म फेरी फुटबल खेल्न नसक्ने अवस्था नै किन नआओस, म फाइनल खेल्न चाहन्थें । त्यो मेरो देशको फाइनल थियो ।’
‘ मलाई थाहा थियो रियलले मलाई बेच्न चाहेको छ । लामो समयदेखि नै हामेस रोड्रीग्वेज रियल जाने चर्चा थियो । उनले मेरो स्थान लिन्छन् भन्नेमा ढुक्क थिएँ । जब फाइनलअघि रियलको पत्र पाएँ, मैले बुझिसकेको थिएँ त्यहाँ के थियो,’ उनले भने, ‘ मैले त्यसलाई नखोली च्यातिदिएँ । मलाई पढ्न त के हेर्न पनि मन थिएन । मैले खेल्ने वा नखेल्ने निर्णय गर्ने म स्वयं थिएँ ।’
फाइनलअघि डी मारियाले प्रशिक्षक आलेहान्द्रो साबेलासँग आफ्नो निर्णय सुनाउँदा भावुक भएको स्वीकारे । ‘ जब मैले आफू शत प्रतिशत फिट छैन भन्ने जानकारी दिएँ, म रोइरहेको थिएँ । उनले मलाई माया गर्थे र खेल्न सुझाएका थिए । तर मैले उत्कृष्ट खेलाडी छनोट गर्न भने । मैले आफ्नो भन्दा टोलीको लागि सोच्नुपर्थ्यो ।’
‘ खेलका लागि म तयार हुन सक्छु वा सक्दिन भन्ने प्रयास गर्न ठिक थिएन । तैपनि मैले प्रशिक्षकले अवसर दिए खेल्ने बताएको थिएँ । प्रशिक्षणमा एन्जो पेरेजले मेरो स्थानमा खेले र उनले नै फाइनल खेले । बाँकी पछि के भयो, त्यो त इतिहास साक्षी छ,’ डी मारियाले टुंग्याए ।
उक्त फाइनलमा जर्मनीका मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिना पराजित भएको थियो । डी मारियाले उक्त खेलमा मैदान प्रवेश गरेनन् । पछि स्पेन फर्केपछि रियलले उनलाई मोटो रकममा म्यानचेस्टर युनाइटेडमा बेचेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]