5 years ago
March 30, 2020
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले आफ्ना युवा स्टार जाडोन सान्चोले आउदो समरमा बेच्ने संकेत दिएको छ । खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्ने भन्दै क्लबले सान्चोले चाहेको अवस्थामा बेच्न सक्ने संकेत दिएको हो ।
डर्टमन्डले सान्चोलाई बेच्नै परेपनि थोरै मुल्यमा नबेच्ने बताएको छ । सान्चो सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका थिए । सोही बेलादेखि नै सान्चो इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटको नजरमा पर्दा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा मौका पाइरहेका छन् । उनले डर्टमन्डमा निकै उच्च प्रदर्शन गरिरहेका छन् ।
इंग्ल्यान्डका २० वर्षीय युवा स्टार अनुबन्ध गर्न इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीसँगै स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले पनि चासो देखाइरहेका छन् । ‘तपाई हामीले खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्छ । सान्चोको मुल्य १०० मिलियन पाउन्ड राखिएको छ । हामी हाम्रो स्टारलाई हामीसँगै राख्न चहान्छौं । हामीले उनी क्लबमै बस्ने विश्वास गरेका छौं । उनी मात्र २० वर्षका छन् तर यकिन भन्न सकिने अवस्था छैन,’ डर्टमन्डका सिइओ हान्स जोआचिम वाट्जकेले भने, ‘धेरै धनी क्लबहरु उनको मोलमोलाईमा जान सक्दछन् । यो हामीले अनुमान गरेको कुरा हो । तरु, हामी हामीले तोकेभन्दा कम मुल्यमा बेच्ने छैनौं ।’
सान्चो अनुबन्ध गर्न अहिले सबैभन्दा अघि म्यानचेस्टर युनाइटेड उभिएको छ । युनाइटेडले २०१६ मा पल पोग्वालाई अनुबन्ध गर्न ८९ मिलियन पाउन्ड खर्चेको थियो । सान्चोलाई युनाइटेडले त्यो भन्दाी बढी मुल्यमा खरिद गर्नुपर्नेछ । सान्चोको लागि लिभरपुल, चेल्सी, बार्सिलोना र युभेन्टसले पनि १०० मिलियन भन्दा बढी खर्च गर्न तयार रहेको बुझिएको छ ।
सान्चोले यो सिजन डर्टमन्डबाट ३५ खेल खेल्दै १७ गोल गर्दा १९ असिस्ट दिएका छन् । जर्मन बुन्डेस लिगमा डर्टमन्ड शीर्षस्थानको बायर्न म्युनख भन्दा ४ अंकले पछि छ । सान्चोले बुन्डेस लिगाको २३ खेलमा १४ गोल र १६ असिस्ट दिएका छन् । च्याम्पियन्स लिगमा ८ खेलमा २ असिस्ट र २ गोल, जर्मन सुपर कपमा १ खेलमा १ गोल र १ असिस्ट दिएका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]