5 years ago
April 1, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहमका पूर्व फरवार्ड पिटर क्रचलाई खेलमार्फत आफ्नो परिचय बनाएका छन् । तर उनले पछिल्लो पटक स्पेनमा छुट्टी माउँदा ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डा नाजारियोले नचिनेको प्रसंग स्मरण गरेका छन् ।
उनले रोनाल्डो आफ्नो आइडियल भएको बताएका छन् । ‘मेरो पहिलो रोजाई वास्तविक रोनाल्डो हुन्,’ क्रचले भने, ‘मलाई थाहा छैन हाम्रो शैली मिल्छ की मिल्दैन । तर उनीसँग ९० मिनेटसँगै खेल्न पाए भने मेरो जीवन सफल हुनेछ ।’
उनले छुट्टी मनाउने क्रममा स्पेनमा भेट भएको प्रसंग स्मरण गदै भने, ‘बीचमा मैले उनलाई देखे । त्यति बेला उनी व्यस्त थिए । पेटमा बियरको बोतल अडाउने कोसिश गर्दै थिए । उनी हरेक पटक एकै पटकमा आफ्नो बियर पिउँथे । त्यसछि अर्को ल्याइन्थ्यो ।’
क्रचले रोनाल्डोसँग तस्बिर खिचेको पनि बताएका छन् । ‘त्यति बेला मैले सोचेको थिए । तिम क्रच हौ ? भनेर सोध्लान्’, उनले थपे,’ तर उनले म को हुँ भन्ने अनुमान सम्म पनि गरेनन् । हामीले फोटो खिच्यौं र म निस्के । तर उनलाई म फुटबलर हु भन्ने पनि थाहा भएन ।’
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]