5 years ago
March 29, 2020
एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका छन् । पछिल्लो समय स्पेनको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढ्दै गएपछि स्पेन सरकारले स्पेनलाई लकडाउन गरेको थियो ।
सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै १८६४ माइल दुरी पार गर्दै डेनमार्क पुगेका हुन् । उनले डेनमार्क जानुअघि आन्तरिक समस्या समाधानका लागि क्लबलाई जानकारी गराएको बुझिएको छ । कोप भिगोका अनुसार उनले २६ घन्टाको लामो कार यात्रामा डेनमार्क पुगेको बुझिएको छ । अब उनी अर्काे १५ दिन डेनमार्कमै क्वारेन्टाइनमा हुनेछ । क्लबले यो विषय आन्तरिक रुपमा समाधान हुने बताएका छन् ।
२५ वर्षीय सिस्टोले यो सिजन १९ खेलमा दुई गोल गरेका छन् । २०१५ देखि डेनमार्क टोलीमा रहेका सिस्टोले २१ खेलमा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विव् खेलकुद ठप्प छ । स्पेनिस ला लिगा ३० अप्रिलसम्म स्थगित गरिएको छ । सेल्टा डि भिगो २७ अंक जोडेर रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]