5 years ago
March 29, 2020
एजेन्सी – पाँच महिना अघि रियल म्याड्रिडको नेतृत्वले भविष्यमा क्लबमा आवद्ध गराउन प्राथमिकतामा राख्ने गरि दुई खेलाडीको नाम तय गरेको थियो । जसमा रिनेर जिसस र अर्को इडुरार्डो कामाभिंगा रहेका थिए ।
ब्राजिलियन जिसस जनवरी २० मै रियलमा आवद्ध भइसकेका छन् । कामाभिंगा पनि ब्राजिलयकै पथमा रियलमा आवद्ध हुने सम्भावना रहेको बताएको छ । यदि कामाभिंगा रियलमा आबद्ध भए भने उनी सिधै सिरियर टोलीमै पर्ने सम्भावना रहेको बताइन्छ । कासिमिरोलाई साथ दिनका लागि त्यो कदम उपयुक्त हुन सक्नेछ ।
तर युवा खेलाडीका लागि एउटा प्रश्न भने खडा हुन सक्दछ । १७ वर्षको खेलाडी के क्लबको त्यस्तो माग पुरा गर्न सक्षम हुन्छन् । यसलाई पहिलो प्रश्नका रुपमा हेरिएको छ । अर्को रियलका प्रशिक्षक जिनेदिन जिदानले यो उमेरमा उनलाई विश्वास गर्लान् ?
त्योसँगै तेस्रो प्रश्न पनि खडा हुन्छ । के जिदान अर्को सिजन रियलको प्रशिक्षकका रुपमा रहलान् ? त्यसका लागि रियलले यो सिजनको अन्त्य कसरी गर्छ भन्नेमा निर्भर गर्नेछ । जिदानको विकल्पका रुपमा माउरिसियो पोचिटिनोलाई हेरिएको छ ।
पहिलो प्रश्नमा फर्कौ जुनी कालाफाटको भनाई मान्ने हो भने कामाभिंगामाथि लामो समय देखि युरोपका क्लबहरुले चासो राखिरहेका छन् । उनी व्यावसायिक फुटबलका लागि तयार रहेको कालाफाटको भनाई छ । कालाफाटले कामाभिंगालाई १४ वर्ष उमेरदेखि पछ्याइरहेका छन् ।
रियलको प्राथमिकतामा रहेको शारीरिक क्षमता, टेक्निकल र मैदानको धेरै भागमा पुग्न कामाभिंगा सक्षम रहेको बताइएको छ । रियलले ५० मिलियनमा आसपासमा क्लबमा भित्राउने योजना राखेको बताइएको छ । तर अहिलेको अवस्थामा फुटबलमा यस्तै हुन्छ भन्ने अवस्था छैन ।
कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरका कारण युरोपका सबै फुटबल गतिविधि ठप्प छ । फुटबल सुचारु भएपछि खेलाडी सरुवाका विषयमा युइएफए र फिफाले कस्तो नियम ल्याउने छ त्यसमा पनि भर पर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]