default_image

5 years ago

March 29, 2020

सिजन अन्त्यको खतरा!

86 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले अहिले विश्वभर सबै खाले खेल गतिविधि गतिविधि ठप्प छ । यसबाट विश्वमा बढी रुचाइने वा बढी हेरिने फुटबल पनि अछुतो रहन सकेको छैन । विश्वकै चर्चित खेल फुटबल यसरी रोकिँदा सबैतिर अन्योल बढेको छ ।

अहिले फुटबलप्रेमीको चासो कोरोना त्रास कहिले रोकिएला अनि फेरि फुटबल कहिले शुरु होला भन्ने छ । विश्वमै चर्चित लिगहरु इंग्ल्याण्डको इंग्लिस प्रिमियर लिग, स्पेनको स्पेनिस ला लिगा, जर्मनको बुन्डेस लिगा, फ्रान्सको फ्रेन्च लिग वान र इटालीको इटालियन सिरी ‘ए’ सँगै युरोपको क्लब फुटबलको चर्चित प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग अप्रिल ३० सम्मका लागि स्थगित छन् । टोकियो ओलम्पिक, युरोकप, कोपा अमेरिका कपजस्ता महादेशीय फुटबल अर्को वर्षलाई सारिएको छ ।

यो सिजनको उत्तरार्धमा रहेको फुटबल कहिले सुरु हुनेछ भनिहाल्ने स्थिति बनेको छैन । खेलाडीले खेल्न र दर्शकले हेर्न पाएका छैनन् । खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदै आफैलाई फिट राखेपनि खेल सुचारु भएपछि उनीको प्रदर्शन कस्तो हुने हो, त्यो पनि हेर्न बाँकी छ । लिग सुचारु हुने नहुने अन्योल चलिरहँदा युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) का अध्यक्ष अलेक्जेन्डर सेफरिनले कोरोनाले गर्दा यो सिजन नै अन्त्य हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

उनले जुनको अन्तिमसम्म पनि खेल शुरु हुन नसके यो सिजनको फुटबल यसै सकिने सम्भावना रहेको बताएका छन् । ‘कोरोना भाइरसको कारण युरोपसँगै अन्य महादेशको सबै लिग स्थगित छ । यदि हामीले फेरि शुरुवात गर्न सकेनौ भने सिजन सम्भवत् सकिनेछ,’ सेफेरिनले भने, ‘युरोपको मुख्य फुटबल लिगमा अहिले ९ देखि १२ राउण्डको खेल बाँकी छ । इंग्ल्याण्डमा अप्रिल ३० सम्मको लागि फुटबल स्थगित छ । तर, त्यो मितिमा फुटबल फेरि शुरु हुन्छ वा हुँदैन भन्न सक्ने अवस्था पनि छैन ।’

यस्तै अध्यक्ष सेफरिनले युरोपेली फुटबलका विषयमा आफ्नो तीनवटा योजना मेको मध्यतिर सिजन शुरु गर्ने, जुनमा शुरु गर्ने वा जुनको अन्तिममा शुरु गर्ने रहेको बताए । अध्यक्ष सेफरिनले बाँकी रहेको खेलहरु युरोपभर क्लोज डोरमा खेलाउने विकल्प रहेको समेत थपे ।

‘क्लोज डोरमा सबै खेल खेलाउने सोच्नु पनि कठिन विषय हो । तर, हामीलाई अहिलेसम्म थाहा छैन कि खेलहरु दर्शकसहित शुरु हुन्छ वा हुँदैन । यदि कुनै अल्टरनेटिभ नभए च्याम्पियनसिप सक्नुको विकल्प नै छैन,’ सेफरिनले भने, ‘युरो कप सारिएको छ । हरेक आपतकाल हाम्रो आपतकाल हो । हरेक क्लब हाम्रो क्लब हो । अब लिग, क्लब र खेलाडीहरुको प्रतिनिधिसँग भिडियो कन्फ्रेसगरी निर्णयमा पुग्दै एकता र एकताको उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ ।’

उनले अहिलेको मतभिन्नताको बाबजुद फिफा अध्यक्ष जियानी इनफान्टिोसँग छलफल भइरहेको बताउँदै व्यक्तिगत चासो र असहमति बिर्सनु महत्त्वपुर्ण रहेको थपे ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.