5 years ago
March 29, 2020
एजेन्सी – कोरोना भाइरस कोडिभ १९ को असरले विश्वभर फुटबल लगभग ठप्प छ । युरोपका अधिकांश लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यो समयमा अधिकांश खेलाडी आइसोलेसनमा छन् । यस्तो समयमा उनीहरु पनि घरमा व्यक्तिगत रुपमा अभ्यासमा जुटेका छन् ।
पोर्चुगल र युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परिवारका साथमा अफ्रिकाको व्यक्तिगत आइल्यान्डमा रहेका छन् । ३५ वर्षे रोनाल्डोले यति बेला आफ्नो परिवारलाई समय दिइरहेका छन् । विशेष उनकी आमा गत सातामात्र अस्पतालबाट डिसचार्ज भइकी थिइन् । हृदयघातका कारण रोनाल्डोकी आमा डोलोस एभेरोलाई अस्पताल राखिएको थियो । गत साता शनिबार उनी घर फर्केकी थिइन् ।
त्यसपछि रोनाल्डोले आमासँगको तस्बिर इन्स्टाग्राममा अपलोड गरेका थिए । उनले लेखेका थिए, ‘आमा घरमा फर्कनुभएको छ र ठिक हुने क्रममा हुनुहुन्छ । सबैले आफ्नो परिवारको ख्याल राखौं र माया गरौं ।’ रोनाल्डाले आामा, बहिनीहरु इल्मा र काटिया एभेरोसँग अभ्यास मेसिनको अगाडि तस्बिर खिचएका थिए ।
रोनाल्डो कहिले इटाली फर्कन्छन् यकि छैन । कारण इटाली कोराना भाइरसबाट सबैभन्दा प्रभावित देश हो । जहाँ १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । रोनाल्डोकै युभेन्ट्स सहकर्मी पाब्लो डेबाला, ब्लेस मातुइडी र डानिली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]