default_image

5 years ago

March 29, 2020

तलब घटाउन रोनाल्डो तयार !

115 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्व व्यापी महामारीको रुप लिएपछि त्यसको प्रभाव संसारका सबै क्षेत्रमा परेको छ । फुटबलमा पति त्यसको प्रभाव स्वभाविक रुपमा पर्नेछ । फुटबलका सबै गतिविधि ठप्प छन् ।

हालै युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि आफ्नो पारिश्रमिक कटौतीका लागि राजी भएका छन् । थुप्रै क्लबले अहिले खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने अवस्था सृजना भएको छ । फुटबल रोकिएपछि क्लबहरुको आम्दानीमा प्रत्यक्ष असर परेको छ ।

युभेन्ट्सबाट लिने पाश्रिमिक मध्ये रोनाल्डोको ३.८ युरो मिलियन कटौती हुने बताइएको छ । युभेन्टसका कप्तान जर्जियो चिलिनी र पोर्चुगिज सुपर स्टारबीचको छलफल पछि पारिश्रमिक कटौतीमा सहमति बनेको थियो । यससँगै युभेन्टसले आफ्ना स्टाफहरुलाई भने पूर्ण पारिश्रमिक दिने आधार सिर्जना हुनेछ ।

रोनाल्डोले वार्षिक रुपमा ३१ मिलियन युरो पारिश्रमिक लिँदै आएका छन् । रोनाल्डो मात्र होइन क्लबका अन्य खेलाडी पनि पारिश्रमिक कटौतीका लागि तयार भएको बताइएको छ । उनीहरुको पारिश्रमिकमा १२ प्रतिशत कटौती हुने जनाएको छ ।

यो पनि :

तलबको विषयमा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित !

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.