default_image

5 years ago

March 30, 2020

रामोसको रियलमै रहने इच्छा

86 views

0 Bookmark

एजेन्सी – स्पेन एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार ३४ औं वर्षमा प्रवेश गर्दैछन् । रियलसँगको उनको सम्झौता जुन २०२१ सम्मको मात्र छ । त्यसअर्थ अर्को कुनै सम्झौता नहुने हो भने रियलमा यो अन्तिम सिजन हुनेछ । यद्दपी धेरैले उनको सम्झौता नविकरण हुने विश्वास लिएका छन् ।

तर, विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ को कारण सबै फुटबल गतिविधि ठप्प छ । इटाली पछि स्पेन सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा पर्दछ । त्यसको असर रामोसको नविकरणमा पनि गरिएको अनुमान गरिएको छ । नविकरणका लागि दुई पक्षबीच एक चरण छलफल भइसकेको बताइन्छ ।

त्यसैले पनि खासै हतार नगरिएको अनुमान गरिएको छ । अहिले नयाँ चुनौतिका रुपमा कोरोना भाइरसका कारण विश्वका सबै गतिवधि प्रभावित भएका छन् । फुटबल पनि प्रत्यक्ष रुपमा त्यसको मारमा परेको छ । पछिल्लो पटक २०१६ मा रामोसको सम्झौता नविकरण हुँदा कुनै धुमधाम गरिएको थिएन । यहि बीचमा उनी प्रिमियर लिग म्यानचेस्टर युनाइटेड जाने सक्ने चर्चा पनि चलेको थियो ।

रोमासले भने रियलमै आफेनो खेल जीवनको अन्त्य गर्ने इच्छा बताइसकेका छन् । क्लब र उनीबीचमा सम्झौताको विषयमा खासै समस्या नहुने अनुमान गरिएको छ । खाली नविकरण कति लामो हुन्छ त्यो महत्वपूर्ण हुनसक्नेछ । सामान्यता रियलले ३० वर्ष नाघेका खेलाडीसँग एक वर्षसम्मको लागि नविकरण गर्दै आएको छ । रामोसको हकमा भने दुई वर्षको अवधि थपिन सक्छ ।

अब एक वर्षको सम्झौता भएको खण्डमा उनी २०२२ सम्म रियलमा हुनेछन् । त्यत बेला रामोस ३५ वर्षका हुनेछन् । अहिले पनि सिनियर टोलीमा उनी नियमित सदस्य हुन् । शारीरिक रुपमा पनि उनी राम्रो अवस्थामा छन् । कोभिड १९ का कारण भने फुटबलमा पनि निकै असर गरेको छ । यसले क्लबको आर्थिक अवस्थामा पनि निकै फरक पर्ने अनुमान गरिएको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.