5 years ago
March 29, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै विन्टरमा अर्काे स्पेनिस क्लब लेगानेसबाट आकस्मिक अनुबन्धन गरेका फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्ने तयारी गरेको छ । क्याटलान क्लब बार्सिलोनाले डेनिस फरवार्ड ब्रेथवेटलाई अनुबन्धन गरेको एक महिनामै बेच्ने निर्णय गरेको हो ।
उनी १५ मिलियन पाउण्डमा लेगानेसबाट २०२४ सम्मको लागि बार्सिलोना आएका थिए । तर, क्लबले उनलाई आउदो समरसँगै नराख्ने निर्णय गरेको हो । बार्सिलोनाले ब्रेथवेटलाई आकस्मिक अनुबन्धन गरेको थियो । फरवार्ड औसमाने डेम्वेले र अर्काे फरवार्ड लुइस सुआरेजले चोट बोक्दै करिव ४ महिनाभन्दा मैदान बाहिर रहने भएपछि नियमअनुसार बार्सिलोनाले ला लिगा खेलिरहेको क्लबबाटै ब्रेथवेटलाई अनुबन्धन गरेको थियो ।
उनले बार्सिलोनाबाट तीन ला लिगा खेल खेलिसकेका छन् । तर, उनले सुरुवाती तीन खेलमा आफ्नो छाप छोड्न खासै सफल भएन । उनले यो सिजन लेगानेस र बार्सिलोनाबाट ३० खेल खेल्दै ८ गोल र १ असिस्ट दिएका छन् । त्यसैले पनि बार्सिलोना ब्रेथवेटलाई बेच्ने निर्णयमा पुगेको अनुमान लगाउन सकिन्छ ।
स्पेनिस पत्रिका स्पोर्ट्सको अनुसार ब्रेथवेटलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब एभर्टन र वेस्टह्यामसँगै इटालियन सिरी ‘ए’ क्लब टोरिनो र सासुलोले समेत ब्रेथवेट अनुबन्धनमा चासो देखाएका छन् ।
पछिल्लो समय विश्वव्यापी बनेको कोरोना भाइरसका कारण विश्वको खेलकुद गतिविधि ठप्प छ । स्पेनिस ला लिगा अप्रिल ३० सम्म स्थगित छ । झन्डै दुई महिना लिग रोकिएसँगै क्लबहरु आर्थिक संकटमा पर्ने सम्भावना छ । त्यसैले पनि क्लबले खेलाडीको पारिश्रमिक कटौती गर्ने तयारी गरिरहेको छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]