default_image

5 years ago

March 28, 2020

नेयमारलाई रियल म्याड्रिड लग्ने रोबर्टो कार्लोसको इच्छा

117 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन पूर्व स्टार रोबोर्टो कार्लोसले आफुसँग त्यस्तो अधिकार भएको भए नेयमारलाई तत्काल रियल म्याड्रिडमा आबद्ध गराउने बताएका छन् । विगतमा पनि ब्राजिलियन नेयमारलाई रियलले ल्याउने प्रयास गरेको थियो । तर, त्यसमा चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोना सफल भएको थियो ।

कार्लोस त्यति बेला देखि नै आफ्ना देशका फरवार्डको फ्यान थिए । ‘यदि त्यो ममा निर्भर हुन्थ्यो भने उनी केहि समयका लागि भए पनि रियलमा हुन्थे,’ ब्राजिलियनका पूर्व लेफ्ट ब्याक कार्लोसले भने, ‘तर, जीवन सधै हामीले सोचे जसरी अघि बढ्दैन ।’

कार्लोसले हरेक उत्कृष्ट खेलाडी युरोपका उत्कृष्ट क्लबबाट खेल्न इच्छुक रहने बताए । ‘रियलले जो कोही खेलाडीलाई लिन पनि प्रयास गर्न सक्छ ,’ उनले भने, ‘यदि कोही च्याम्पियन्स लिग जित्न चाहन्छ भने त्यो रियलमा जानुपर्दछ ।’

उनले हालै राष्ट्रिय टोलीमा पर्न असफल भएका मार्सेलोको पक्षमा बोलेका छन् । ‘उनी अहिलेको समयका उत्कृष्ट लेफ्ट ब्याक हुन् । हरेक खेलाडीले दोस्रो पटक मौका पाउनु पर्दछ । मार्सेलोको हकमा पनि त्यहि हुन्छ ,’ रियलका पूर्व स्टार कार्लोसले भने, ‘मलाई आशा छ उनी फेरि टोलीमा फर्कनेछन् । उनले आफ्ना ठाँउका लागि फिलिपे लुइस, एलेक्स सान्द्रो र रेना लोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।’

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.