default_image

5 years ago

March 28, 2020

बेल गल्फमा मस्त

81 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व खेलकुद ठप्प छ । पछिल्लो २० दिनयता खेलकुदका कुनै पनि गतिविधि हुन सकेको छैन । खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा व्यस्त छन् । आफैलाई फिट राख्न उनीहरुले आफ्नो सेल्फ प्रशिक्षणलाई व्यस्त राखेका छन् ।

यसै क्रममा वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले पनि आफ्नो फिटनेसलाई ध्यानमा राख्दै गल्फ कोर्समा बिताएका छन् । उनले त्यहाँ एक उत्कृष्ट ट्रिक सट प्रहार गरेका थिए । गल्फ खेलेकै कारण बेलले स्पेन र रियलमा चर्काे आलोचना खेपेका थिए। रियलका समर्थकहरुले बेलमा बर्नबेउभन्दा पनि गल्फमा रुचि रहेको आरोप लगाएका थिए । कोरोनाकै कारण फुटबल गतिविधि ठप्प हुदा बेल अहिले पनि गल्फमै व्यस्त भएका हुन् ।

बेलले सामाजिक सन्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गरेका छन् । त्यहाँ उनले एक हात माथि उठाउदै क्यामेरा फेस गर्दै खुशीयाली मनाईरहेका छन् । । इंग्लिस क्लब टोटेनहम हस्टपरका पुर्व खेलाडी बेलले गतवर्ष इन्टरनेसनल ड्युटीका क्रममा ‘वेल्स, गल्फ, म्याड्रिड इन द्याट अर्डर’ भन्ने ब्यानर प्रदर्शन गर्दा उनको विरोध भएको थियो ।

बेलले यो सिजन रियलमा राम्रो समय बिताउन सकेका छैनन्। विशेषगरी बेल र प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । त्यसैले पनि बेलले यो सिजन कमै मात्रामा अवसर पाएका छन् । कोरोनाले खेल रोकिनु अघिको उनी दुई खेलमा बेन्चमै सिमित भएका थिए ।

त्यसैले बेलले यो सिजन रियल छोड्न सक्नेछन् । रियलले पनि बेललाई अर्काे सिजन नराख्ने बताइसकेको छ । ३० वर्षीय बेलले यो सिजन २७ खेल सकिदा ११ खेलमा मात्रै पहिलो रोजाईमा मौका पाएका छन् । उनले दुई गोल मात्रै गरेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.