default_image

5 years ago

March 28, 2020

लिभरपुलले सलाहको साथ गुमाउने

153 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले अर्काे सिजन कम्तीमा पनि चार महिना इजिप्टका आफ्नो स्टार फरवार्ड मोहम्मद सलाहलाई गुमाउने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय ड्युटी अफ्रिका कप अफ नेसन्स २०२१ र टोकियो ओलम्पिक २०२१ का कारण लिभरपुलले सलाहलाई कम्तीमा पनि चार महिना गुमाउन सक्ने क्लबनिकट स्रोतले जनाएको छ । अफ्रिका कप अफ नेसन्स २०२१ को जनवरी र फेब्रुअरीमा हुने तय छ । यही जुलाई र अगस्टमा तय भएको टोकियो ओलम्पिक अर्काे वर्षसम्मको लागि सरेको छ ।

यसर्थ दुवै प्रतियोगितामा इजिप्टले सहभागिता जनाउने भएका कारण पनि लिभरपुलले सलाहलाई छोड्नुपर्ने हुन्छ । लिभरपुलले सलाहसँगै अफ्रिका कप अफ नेसन्समा साडियो माने, नावी केइटा, जोइल मटिपलाई पनि गुमाउन सक्नेछ ।

सेनेगलमा हुने अफ्रिका कप अप नेसन्समा इजिप्टको कप्तानी सलाहले नै गर्नेछन् । टोकियो ओलम्पिकमा पनि २३ वर्ष मुनिको स्पर्धामा सिनियर खेलाडीको आधारमा सलाहले नै कप्तानी गर्न सक्नेछन् ।

इजिप्ट यु–२३ का प्रशिक्षक स्वाकी घारिवले सलाह विश्वको सर्वश्रेष्ठ खेलाडी रहेको र उनलाई जुनसुकै प्रशिक्षकले पनि टोलीमा बोलाउन चाहने बताएका छन् । उनको लागि ढोका खुला नै रहेको बताएका छन् । उनले यो अवस्थामा खेल भन्दा पनि जनताको जीवन महत्वपुर्ण रहेको र ओलम्पिक स्थगन संसारको लागि राम्रो निर्णय रहेको बताएका छन् ।

सलाहकै उच्च प्रदर्शनमा लिभरपुल अघिल्लो सिजनको च्याम्पियन्स लिगको विजेता बन्न सफल भएको थियो । यसपटक लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । तर, कोरोना भाइरसका कारण प्रिमियर लिग ३० अप्रिलसम्मको लागि स्थगित गरिएको छ ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.