default_image

5 years ago

March 28, 2020

‘मेस्सीभन्दा नेयमार अब्बल’

155 views

0 Bookmark

एजेन्सी – पाँचपटकको विश्वविजेता ब्राजिलका लेजेन्ड आइकन खेलाडी काफुले आधुनिक फुटबलका हस्तीमध्येका एक अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीभन्दा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार अब्बल रहेको बताएका छन् । 

काफुले प्राविधिक क्षमतामा मेस्सीभन्दा नेयमार अब्बल रहेको बताएका हुन् । उनले नेयमार विश्वको टेक्निकल्ली प्रतिभाशाली खेलाडी रहेको समेत बताएका छन् ।

‘पीएसजीका सुपरस्टार नेयमारले खेल दौरान नै आफ्नो स्किल देखाउनु कुनै नौलो होइन । लियोले ६ पटक बालोन डि ओर जितेका छन् । तर, पनि नेयमार राम्रो स्किलले भरिपुर्ण खेलाडी हो । उनले आफ्नो खेल कौशलसँगै स्किलले दर्शकलाई मनोरन्जन प्रदान गर्ने गर्दछ ।’ काफुले भने, ‘यि स्टारले आफ्नो करियरभरी आफ्नो प्रबल क्षमता देखाइसकेका छन् । मलाई विश्वास छ । टेक्निकल्ली हिसावमा २८ वर्षीय नेयमार अन्य खेलाडीभन्दा अघि छ ।’

‘मेस्सी उत्कृष्ट खेलाडी हुन् । यसमा दुइमत छैन । उनले ६ पटक बालोन डिओर जितेर पनि स्पष्ट पारिसकेका छन् । उनको छुट्टै प्रशसंक छन् । तर, पनि जादुको बहाबमा उनी आफ्नै पूर्व सहयात्री नेयमार भन्दा पछि छन्,’ फक्स स्पोर्ट्ससँग काफुले भने ।

‘नेयमार यो मामलामा राम्रो छन् । प्राविधिक रुपमा नेयमार विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । अहिले टेक्निकल्ली उनीभन्दा राम्रो खेलाडी छैन । यो मामलामा म पनि नेयमारको समर्थक हुँ ।’

यसै सिजन फ्रेन्च लिग वानको एक खेल दौरान नै नेयमारले टेक्निकल खेल खेल्दै डिफेन्डरलाई बिट गरेपछि रेफ्रीले पहेँलो कार्ड समेत देखाएको थियो । चोटसँग जुधिरहेका नेयमारले यो सिजन १६ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि २१ गोल गरेका छन् । आउँदो समरमा यि दुई खेलाडीबीच पुर्नमिलन हुने सम्भावना छ । बार्सिलोनाले आफ्ना पुर्व स्टार नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.