default_image

5 years ago

March 27, 2020

इंग्लिस फुटबलमा तल्लो श्रेणीका लिग रद्द

81 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनैपनि महादेशको खेलहरु अछुतो रहन सकेको छैन ।

यो वर्ष (सन् २०२०) लाई तय भएको तीन ठुला प्रतियोगिता, विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप अर्काे वर्षसम्मलाई स्थगित भइसकेको छ ।
यसबाट कुनै पनि राष्ट्र अछुतो रहन सकेको छैन । यसैक्रममा इंग्ल्यान्ड फुटबल एसोसिएसन (इएफएल) ले इंग्ल्याण्डको पाँचौ श्रेणीको लिग फुटबल नेसनल लिगभन्दा तलका सबै फुटबल यो सिजनको लागि अन्त्य गरेको घोषणा गरेको छ ।

‘नेशनल लिगभन्दा तलका तीन वटा डिभिजन अन्त्य भएको छ । यससँगै लिगमा हालसम्मको नतिजा र अंक हटाइएको छ । यसको अर्थ अब यी लिगमा कुनै बढुवा वा घटुवा हुने छैन ,’ इएफएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै महिला फुटबलमा पनि तेस्रोदेखि सातौँ तहसम्मका फुटबल अन्त्य गरिएको छ । पुरुष फुटबलअन्तर्गत नन लिगमा जर्सी बुल्स र भाउक्सहल मोटोर्स पाँचौ तहमा बढुवा भइसकेपनि अब यो बढुवा रद्ध हुने भएको छ । कम्बाइन्ड काउन्टिज फुटबल लिग डिभिजन वानमा जर्सी बुल्सले २७ वटा खेल जितेको थियो । शीर्ष स्थानमा रहेको बुल्स २० अंकले अगाडि थियो ।

इएफएलले नेशनल लिग, नेशनल लिग नर्थ, नेशनल लिग साउथ, वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिप जतिसक्दो छिटो सकाउने योजना बनाएको छ । एसोसिएसनले पुरुष एफए कप सम्पन्न गर्नका लागि सबै प्रयास गर्ने जनाएको छ । एफए कप अहिले क्वाटरफाइनल चरणमा पुगेको छ । यस्तै अरु प्रतियोगिताबारे पनि एसोसिएसनले विचार गरिरहेको जनाएको छ । इंग्लिस फुटबलको लागि यो चुनौतीपूर्ण अवस्था हो र सबैखाले निर्णय खेलको राम्रोका लागि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले यस्तो अवस्थामा आफ्नो प्राथमिकता क्लब, खेलाडी, स्टाफ, अफिसियल, भोलिन्टियर र समर्थकको सुरक्षा एवं कल्याणका लागि निर्णय लिएको जनाएको छ । इंग्ल्याण्डको प्रिमियर लिग लगायत उच्च लिगहरु रद्द गर्ने वा के गर्ने भन्ने निर्णय अझै हुन बाँकी छ । अहिलेलाई इंग्लिस प्रिमियर लिग ३० अप्रिलसम्मको लागि स्थगित गरिएको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.