5 years ago
March 27, 2020
एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो ।
राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी रहेपनि कम पारिश्रमिक लिने खेलाडीहरुले आफैलाई संकट पर्न सक्ने भन्दै क्लबको यो निर्णयलाई अस्वीकार गर्ने पक्षमा रहेका छन् । कोरोनाको विपद अझै जारी रहँदा विश्व फुटबल नै स्थगित छ । बार्सिलोनाले सिजन अघि नै क्लबको बजेटको अनुमान गरेको थियो । तर, सिजन लम्विने भएसँगै क्लबको लगानी पनि बढ्ने पक्का छ । त्यसैले पनि बार्सिलोनाले खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो ।
क्लबका निर्देशक र खेलाडीबीचको गत शुक्रबारको बैठकमा खेलाडीको पारिश्रमिक कटौती गर्ने सम्भावनाबारे छलफल भएको र यसमा खेलाडीहरुले अस्वीकार गरेको बुझिएको छ । बार्सिलोनामा तीन समूहका खेलाडी छन् । बार्सिलोनाले पहिलो रोजाईका खेलाडीलाई ७० प्रतिशत भन्दा दिनुपर्ने हुन्छ । विभिन्न खेलकुद टोलीलाई ५९३ मिलियन पाउन्डभन्दा बढी तिर्नुपर्ने हुन्छ । जसमा ४६८ मिलियन पाउन्ड फुटबल खेलाडीकै लागि खर्च हुने क्लबले जनाएको छ ।
क्लबले यो अवस्थामा कम पारिश्रमिक दिने उपाय खोजिरहेको छ । क्लबले यो अवस्थामा खेलाडीहरुले सहमत हुनेमा विश्वास लिएको छ । तर, यो विषयमा फुटबल कसरी अघि बढाउने भन्ने बारे अहिले ‘ड्रेसिङ रुम’ तीन समूहमा विभाजित छ । पहिलो त यो प्रस्तावमै विवाद शुरु भएको छ । फुटबल नभएको अवस्थामा खेलाडीहरुले १० प्रतिशत पारिश्रमिक दिनुपर्ने शर्त छ । केही खेलाडी यसलाई मान्न तयार छैनन् ।
खेल रोकिएपछि बार्सिलोनाको कमाईमा पनि गिरावाट आएाको छ । क्लबको आमदानीको स्रोत मुख्य प्रायोजकसँगै टिकट बिक्री, म्युजियम भ्रमण र टिसर्ट बिक्री नै हो । तर, यो सबै अहिले रोकिएको छ । प्रायोजकले भुक्तानीसमेत रोक्न सक्ने छ ।
बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्याटलान क्षेत्रमा कोरोना रोकथामको लागि १ मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोनाकै पुवै प्रशिक्षक पेप ग्वार्डिओलाले पनि १ मिलियन युरो नै सहयोग गरेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]