5 years ago
March 26, 2020
एजेन्सी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच सन्यास लिने सोचमा रहेका छन् । ३८ वर्षे स्ट्राइकर जनवरीमा एलए ग्यालेक्सीबाट एसी मिलान पुगेका थिए । कोराना भाइरस कोभिड-१९ को असर विश्वव्यापी रुपमा बढेपछि अहिले उनी आफ्नो देश स्वीडेनमा छन् ।
स्वदेश फर्केसँगै आफ्नो भविष्यका विषयमा पनि उनले सोचिरहेका छन् । कोराना भाइरसको कारण पारिश्रमिक नदिने मिलानको योजनामा उनी सहमत नरहेको बताइएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार इब्राहिमोभिच मिलानमा थप बस्ने योजनामा छैनन् । मिलानमा उनले सुखद सुरुवात गरेपनि क्लब व्यवस्थापनसँग लामो समयदेखि असमझदारी रहँदै आएको छ ।
करीअरको उत्तरार्द्धमा पुगेका ज्लाटनले सन्यास नलिएको खण्डमा सिरि सी क्लब मोन्जा जान सक्ने अनुमान समेत गरिएको छ । यदि मोन्जा बीमा बढुवा भएको खण्डमा क्लबका मालिकहरु सिल्भियो ब्रेलुसकोनी र एड्रियानो गालिनीले उनीसँग छलफल गर्ने सम्भावना छ । तर कोरोनाका कारण सिजन रद्द हुने सम्भावना बढेसँगै उनको भविष्यमा पनि शंका बढेको छ ।
मोन्जाका प्रशिक्षक क्रिस्टियन ब्रोचीले पनि इब्राहिमोभिच आउने सम्भावनाको संकेत दिएका छन् । उनले भनेका छन्, ‘इब्राहिमोभिचसँग सम्झौता हुन सक्दैनन् भन्ने लागेको छ भने हाम्रो क्लबका समर्थकहरुले गल्ति गरेको पनि हुन सक्दछ ।’
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]