default_image

5 years ago

March 26, 2020

इटालीमा कोरोनाको ‘जैविक बम’ बनेको त्यो खेल

214 views

0 Bookmark

एजेन्सी – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै नराम्रोसँग थलिएको छ । भीडभाड जन्य ठुला कार्यक्रमहरु ठप्प पारिएका छन् । तर, पनि यो कोरोना भाइरस रोकिने छाँटकाट छैन । पछिल्लोपटक कोरोनाको गन्तव्य युरोप बनेको छ । युरोपमा पनि इटाली र स्पेन सबैभन्दा बढी प्रभावित छन् । 

इटालीमा पनि बेरगामो शहर यो भाइरसबाट बढी प्रभावित शहर हो । यसै शहरका मेयर जर्जियो गोरीले युइएफए च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको दावी गरेका छन् ।

‘त्यो खेल मानवीय जैविक बमजस्तै रह्यो । त्यतिबेला कसैले पनि अनुमानसमेत गर्न सकेन । यो खेल हेर्न झन्डै ४४ हजार दर्शक रंगशालामा उपस्थित थिए । ४० हजार यसबाट संक्रमित भएको हुनु पर्छ । यो खेल हेरेपछि दुवै टिमका समर्थक आ–आफ्नो सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे,’ गोरीले दावी गरेका छन् ।

त्यहाँका स्थानिय सिनियर चिकित्सकहरुले पनि त्यही खेल नै इटली र स्पेनमा वास्तवमै जैविक बम भएको ‘अफ द बल’ लाई भनेका छन् । फेब्रुअरी १९ को त्यस खेलसम्म इटालीमा यस भाइरसबाट कसैको पनि मृत्यु भएको थिएन । त्यसको तीन दिनपछि पहिलो मृत्यु देखेको इटालीमा तीन सातापछि सात दिनको अन्तरमा बेरगामोमा मात्र ३ हजार ३३ को यो भाइरसको संक्रमणकै कारण मृत्यु भयो ।

खेलमा क्रममा धेरै भन्दा धेरै समर्थक कोरोना भाइरसको संक्रमणमा आए । तिनैले आफ्नो परिवारमा सारेको अनुमान गरिएको छ । एटलान्टाका गोलरक्षक मार्को स्पोर्टटेलो पनि भाइरसबाट संक्रमित भएपछि क्वारेन्टाइनमा छन् । भ्यालेन्सियाका एक तिहाइ खेलाडी र खेल पदाधिकारी पनि भाइरसबाट संक्रमित भएका छन् । भ्यालेन्सियाका समर्थकले कोरना भाइरस आफूसँगै स्पेन लगेको अनुमान गरिएको छ ।

आफ्नो मैदान तयार नभएपछि मिलानस्थित सानसिरोमा खेलिएको खेलमा ४–१ को प्रभावशाली जित निकाल्दै एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको थियो । यही खेलपछि मात्र इटालीमा दर्शकविहीन बन्द रंगशालामा खेल्नेक्रम सुरु भएपनि स्थिति असमान्य बन्दै गएपछि लिग नै स्थगित गरिएको थियो । अहिले इटाली र स्पेनसँगै युरोपका सबै लिग स्थगित छन् । ती कहिले सुरु हुने हो टुंगो छैन ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.