default_image

5 years ago

March 27, 2020

बायर्नमै रहने गोलरक्षक निउरको चाहना

102 views

0 Bookmark

एजेन्सी – जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक म्यानुयल निउरले आफु लामो समय बायर्न म्युनिखमै रहन चाहेको बताएका छन् ।

३३ वर्षीय निउरको सम्झौता २०२१ सम्म रहेको छ । तर, क्लबले निउरलाई लामो समयको लागि सम्झौता गर्न आनाकानी गर्दा उनको भविष्य अन्योल बनेको छ । क्लबले निउरसँगको सम्झौता त्यसपछि नै अन्त्य गर्न सक्नेछ ।

बिल्डका अनुसार निउरले भने क्लबमा लामो समयको लागि बस्ने मनासय बनाएको र क्लबले सम्झौता थप्नेमा आशावादी छन् । तर, क्लबसँगको संवाद असफल हुने अनुमान गरिएको छ । निउरले बायर्नमा झन्डै एक दशक बिताइसकेको छ ।

२०१४ को विश्वविजेता निउर २०११ मा साल्केबाट बायर्नमा आएका थिए । उनले बायर्नबाट २४१ खेल खेलेका छन् । निउरले बायर्नबाट ७ बुन्डेस लिगा, ४–४ पटक डिएफवी पोकल र सुपरकप, समान एकपटक युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् ।

बायर्नले निउरकै विकल्पमा साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । उनी आउदो समरबाट बायर्नमा हुनेछन् । नुवेलले पाडेरवर्नको युथ टोलीबाट आफ्नो प्रतिभा निखारेका थिए । उनलाई क्लबले निउरको उत्तराधिकारीको रुपमा लिइसकेको छ । त्यसैले पनि बायर्नले निउरको बारेमा कठिन निर्णय लिन सक्नेछ ।

पाडेरवर्नमा नका सहयात्रीले नुवेललाई निउरको उपनाम दिइसकेका छन् । २३ वर्षीय नुवेलले साल्केका लासग यो सिजन २० खेल खेलिसकेका छन् । उनले जर्मनीको यु–२१ टोलीबाट पनि खेलिसकेका छन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.