default_image

5 years ago

March 26, 2020

‘आशा उत्साहजनक, नतिजा निराशाजनक’

206 views

0 Bookmark

पाठक पत्र

प्रकाश अधिकारी, सुर्खेत

सन्दर्भ सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधिन फुटबल मैदानको हो । त्यो मैदानका लागि युवा तथा खेलकुद मन्त्रालय , जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ वा अन्य निकायले कति बजेट छुट्याएका छन्, त्यो विषयमा म जानकार छैन ।

अध्ययनका लागि जिल्ला छोडेर संघिय राजधानी छिरेको म विश्वव्यापी रुपमा महामहारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विदा जस्तै मनाउन घर (सुर्खेत) आएको छु । घर आएको १० दिन नाघिसक्यो । म आउँदा मैदान निर्माणको काम चलिरहेको थियो । अरु बेला धुलो उड्ने मैदानमा दुबो उमार्ने काम हुँदै थियो ।

तर अब अहिले त्यहाँको दृश्य फेरिएको छ । हरेक दिन जसो बिहानको १० बजेपछि मैदान गौचरणमा परिणत हुन्छ । मैदानमा गाई, गोरु, भैंसी, भेडा, बाख्रा हुलिन्छ । यहि क्रम चल्ने हो भने अलि अलि बढ्दै लागेको दुबो सकिने निश्चित छ । केहि दिन देखि मैले यो दृश्य देखेपछि यसै चुप बस्न ठिक लागेन ।

फोनबाट सम्बन्धित निकाय नेतृत्वलाई ध्यानाकर्षण गराए । उहाँहरुले सुचना दिएकोमा धन्यवाद पनि दिनुभयो । त्यो गतिवधिलाई रोक्ने वचन पनि दिनुभयो । म धन्यवाद पाएकोमा भन्दा पनि अब रोकिन्छ भन्नेमा आशावादी थिए । तर, दुःखका साथ भन्नु परेको छ गाई गोरुलगायतका चौपाया चराउन रोकिएन । अर्को दिन पनि नेतृत्वलाई फोन गर्दा त्यहि आश्वासन दोहोरियो ।

मैले आफ्नो भावना लेखिरहँदा कतिलाई चित्त नबुझेको पनि हुन सक्छ । तर त्यो अवस्था मलाई पटक्कै मन परेन । त्यो मैदानसँग स्थानिय थ्रुपै युवाहरुको सपना जोडिएको छ । त्यो उनीहरुका लागि मन्दिर जस्तै हो । तर स्थानिय निकायले त्यो वेवास्ता गरेमा मलाई कत्ति चित्त बुझेन । मेरो जस्तै अरुको पनि मन दुखेको हुनुपर्दछ ।

जुन निकायको खर्च भए पनि त्यहाँ सरकारकै लगानी भएको छ । त्यो यसै खेर जान दिन हुन्न । असन्तुष्टी व्यक्त गर्ने सबैका आ आफ्नो तरिका हुन्छ । मैले पहिलो प्रयासका रुपमा सम्बन्धित निकायको नेतृत्वलाई फोन गर्दा पनि सुधार आएन । त्यसपछि म आफ्नो भावना लेख्न बाध्य भएको छु ।

त्यो त्यहि मैदान हो जहाँबाट अहिले राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य मध्येका एक रोहित चन्दले खेलेका थिए । त्यस्तै महिला टोलीकी गिता रानाले पनि आफ्नो फुटकल कौशल त्यहिबाट निर्खानु भएको हो । कर्णाली प्रदेशकै एउटा महत्त्वपूर्ण मैदानका रुपमा हेरिएको र भविष्यमा अरु खेलाडी उत्पादन हुने सम्भावना रहेको त्यो मैदानका बारेमा कम्तीमा यो क्षेत्रका हामीले चासो राख्नुपर्दछ । जब सम्म त्यो मैदानलाई चरणमुक्त बनाइन्न म कुनै न कुनै रुपमा आफ्नो असहमति विरोध जारी राख्नेछु ।

मैदान कर्णाली प्रदेशको धरोहर हो मन्दिर हो त्यस्ले हजारौं देवी देवतालाई जन्म दिन सक्छ । अहिले तिनै दुई देवीदेउताले कर्णाली प्रदेश र सिंगो रास्ट्रलाई विश्वमाझ चिनाए । त्यसको लागि यति सानो विरोध नगर्ने ? हजुरहरुले मलाइ मूर्ख भने पनि पागल भने पनि नराम्रो कामको म अन्तिम सास रहुन्जेलसम्म विरोध गरिराख्ने छु ।

लेखक अधिकारी पारा ब्याडमिन्टन खेलाडी हुन् । पाठक पत्रमा लेखिएका सम्पूर्ण विचार लेखक स्वयं हुन् । यसको जवाफदेही लेखक आफैं हुनेछन् । 

February 21, 2025

ललितपुर एफसीको मार्कीमा अनन्तको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को‌ साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई‌ मार्की खेलाडीमा‌ निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा‌ ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो।‌ सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने‌ अनन्त मात्र खेलाडी हुन्। […]

February 21, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]

February 21, 2025

भुटानका शर्मा बुटवलको प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]

Success

Thank you for your time.