5 years ago
March 25, 2020
एजेन्सी – आधुनिक फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीबीच को सर्वाेत्कृष्ट भन्ने बहस भइरहेको छ । तर, को उत्कृष्ट भन्ने छुट्याउन निकै कठिन रहेको छ । एक पक्ष रोनाल्डो उत्कृष्ट रहेको बताइरहँदा अर्काे पक्ष मेस्सी उत्कृष्ट रहेको बताउछन् । केहि फुटबलप्रेमी दुवै खेलाडीको प्रशंसा गर्दै पनि भेटिन्छन् ।
पछिल्लो १२ वर्षमा रोनाल्डो र मेस्सीले ११ बालोन डिओर बाँडेका छन् । यसले पनि आधुनिक फुटबलमा रोनाल्डो कि मेस्सी को उत्कृष्ट भन्ने बहसलाई छुट्याउन कठिन बनाएको छ । यसबीचमा विश्व फुटबलका महान हस्ती ब्राजिली लेजेन्ड पेलेले आधुनिक फुटबलका दुई हस्ती रोनाल्डो र मेस्सीको बारेमा आफ्नो राय राख्दै मेस्सीभन्दा रोनाल्डो सर्वश्रेष्ठ रहेको बताएका छन् ।
‘मेस्सीले ६ पटक बालोन डि ओर जितेका छन् । रोनाल्डोले पाँचपटक जितेका छन् । तर, आजको अवस्थामा रोनाल्डो नै आधुनिक फुटबलको सर्वश्रेष्ठ खेलाडी हो । म रोनाल्डोको पक्षमा छु ,’ पिलहाडोसँगको कुराकानीका क्रममा पेलेले भने, ‘मलाई लाग्छ रोनाल्डो उत्कृष्ट छन् । उनी एकदमै छरिता छन् । तर, हामीले मेस्सीलाई बिर्सनुहुन्न । उनी पनि आधुनिक फुटबलले पाएको उत्कृष्ट फरवार्ड हुन् ।’
७९ वर्षीय पेलेले रोनाल्डो सर्वश्रेष्ठ रहेपनि आफू र मेस्सीबीच केही तथ्यहरु मिल्न सक्ने बताए । ‘हिजो र आजको तुलना गर्दा सबै आ–आफ्नो समयमा उत्कृष्ट रहेको र त्यतिबेला आफु आफै उत्कृष्ट थियो । यो पक्कै पनि गाह्रो प्रश्न हो । जसले राम्रो खेल्यो उही नै उत्कृष्ट बन्ने हो । तर, हामीले जिको, रोनाल्डिन्हो र रोनाल्डोलाई भुल्नुहुदैन । युरोपमा फ्रान्ज बेकेनबोउर र योहान क्राएफलाई भुल्नुहुदैन,’ पेलेले भने ।
पेले पछिल्लो महिनायता हिपको अपरेशनपछि उनी पुरानो अवस्थामा फर्कन संघर्ष गरिरहेका छन् । पेलेले आफ्नो स्वास्थ ठीक हुदै गइरहेको बताएका छन् । छोरा इडिन्होले बुवा पेले घरबाट निस्कन अप्ठेरो मान्ने र यसले निराश निम्त्याएको बताएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]