5 years ago
March 25, 2020
एजेन्सी – फिलिप्पे काउटिन्होको भविष्य पछिल्लो समय बार्सिलोनाका लागि टाउको दुखाईको विषय बनेको छ । ब्राजिलियन मिडफिल्डरका लागि कम्तिमा ८० मिलियन युरो खर्च गर्ने क्लब अहिले नदेखिएकोले बार्सिलोनाको चिन्ता बढेको हो ।
गत सिजन बार्सिलोनाले काउटिन्होलाई १ सय २० मिलियन युरोमा लोनमा पठाउँदा स्थायी रुपमा खरिद गर्न सक्ने विकल्पमा राखेको थियो । तर, उनले जर्मन क्लबमा प्रभाव जमाउन सकेका छैनन् । जसका कारण उनलाई बायर्नले स्थायी रुपमा लिने सम्भावना कम छ ।
कोरोना भाइरस कोभिड १९ को असर सुरु हुनु अघि बार्सिलोनाले काउटिन्होलाई ८० मिलियन युरोमा विक्री गर्न कठिन थियो । अब नयाँ परिस्थिति सृजना भएको छ । बार्सिलोनासँग अर्को विकल्पका रुपमा उनलाई पुनः अर्को सिजनमा पनि लोनमा पठाउन हुन सक्छ । अहिले बार्षिक रुपमा झन्डै १३ मिलियन युरो उनले कमाइरहेका छन् ।
लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी बार्सिलोना पुगेका थिए । तर बार्सिलोनामा काउटिन्होले प्रभाव जमाउन सकेनन् । गत सिजन प्रिमियर लिगकै चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले उनलाई लिने इच्छा देखाएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]