default_image

5 years ago

March 25, 2020

‘सिजनको अन्त्यअघि फुटबल सुरु हुन कठिन’

88 views

0 Bookmark

एजेन्सी – इटाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान फावियो कानाभारो युरोपियन फुटबल सिजन सकिनुअघि फुटबल पुरानै अवस्थामा सञ्चालन हुन कठिन रहेको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्व भर असर पारेकाले विश्वको फुटबल गतिविधि ठप्प छ ।

चिनिया क्लब गोन्जाउ एभरग्रान्डेका प्रशिक्षक कानाभारोले युरोपका घरेलु फुटबल पुनः सञ्चालन हुनका लागि निकै समय लाग्न सक्ने अनुमान गरे । ‘अबको महिना दिनमा विश्वमा के हुन्छ भन्न सकिने अवस्था छैन । मलाई लाग्छ इटाली र स्पेनामा यो कोरोनोको असर लामो समय सम्म पर्न सक्छ ,’ उनले भने, ‘त्यसैले यो सिजनको अन्त्य (मे महिना ) अघि युरोपियन फुटबल पुरानै अवस्थामा आउन कठिन छ । ‘

चीनमा कोरानाको अवस्थाका बारेमा उनले भने, ‘गोन्जाउमा यसको अवस्था नियन्त्रणमा छ । जन जीवन सामान्य अवस्थामा फर्कने अवस्थामा छ । १४ दिन घरमा बस्ने बाहेक अरु कुनै बाधा छैन । दुई दिन अघि मात्र मेरो पनि क्वारेन्टाइन बसाई सकिएको हो । जो पनि घर बाहिरबाट घर फर्कनु भएको छ सबैले यो अपनाउनु पर्नेछ ।’

घरमा बस्नु यो संक्रमण लाग्न नदिन र लागि हाले पनि फैलन नदिने सबै भन्दा उत्तम विकल्प भएको कानाभारो बताएका छन् । उनले थपे, ‘यस्तो कठिन अवस्थामा के गर्ने भन्ने चीनबाट सिक्नुपर्दछ । चीनसँग यसको राम्रो अनुभव छ ।’ विश्व भर ४ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७ हजार बढीको मृत्यु भइसकेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.