default_image

5 years ago

March 25, 2020

मेस्सी र ग्वार्डिओलाद्वारा क्याटलान क्षेत्रलाई आर्थिक सहयोग

123 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।

कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका हुन् । मेस्सीले गरेको सहयोगलाई अस्पतालले पुष्टि गर्दै कोरोनाविरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।

यस्तै बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले क्याटलान क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरो नै सहयोग गरेका छन् । सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।

ग्वार्डिओलाको सहयोग रकम अस्पतालमा भर्ना भएका र उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।

स्पेन कोरोनाबाट बढी प्रभावित युरोपको दोस्रो मुलुक हो । जसमा क्याटलान क्षेत्र बढी प्रभावित छ । स्पेनमा २ हजार ६ सय ९६ जना मानिसको ज्यान गएको छ । करिब ४० हजार मानिस संक्रमित छन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.