default_image

5 years ago

March 25, 2020

हालान्ड ताक्दै रियल

158 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउदो समर सिजनमा नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने प्रयास थाल्ने भएको छ । 

सन् २०१८ मा सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता, रियलले रोनाल्डो जस्तै किलर फरवार्ड भेट्न सकेको छैन । स्पेनिस पत्रिका मार्काका अनुसार अब रियलमा रोनाल्डोको विकल्पको रुपमा हालान्ड हुन सक्ने र त्यसका लागि रियलले हालान्डलाई मोटो रकम खर्चन सक्ने उल्लेख गरेको छ ।

रोनाल्डो नहुदा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र वेल्सम्यान ग्यारेथ बेल र नयाँ फरवार्डको रुपमा लुका जोभिकलाई अनुबन्ध गरेपनि उनीहरुको प्रदर्शन सोचे अनुरुपको हुन सकेको छैन । रियल यो सिजन गोलकै लागि संघर्ष गरिरहेको छ ।

मारियानो डियाजलाई फिर्ता बोलाएपनि उनले पनि प्रशिक्षक जिनेदिन जिदानको मन जित्न सकेको छैन । तर, यो सिजन कमै मौका पाएको मारियानो डियाजले सिजनको दोस्रो ‘एल क्लासिको’ मा बार्सिलोनाविरुद्ध २–० को जित निकाल्दा मैदान छिरेको पहिलो मिनेटमै गोल गर्न सफल भएका थिए ।

रियलले अब ग्यारेथ बेल र लुका जोभिकको विकल्पबारे छलफल गरिसकेको मार्काले जनाएको छ । बेन्जेमाले यो सिजन ७ खेल खेलदा १ गोल मात्रै गरेका छन् । त्यसैले हालान्ड नै अब रियलको पहिलो लक्ष्य हुनेछ । उनले यो सिजन विन्टरमा डर्टमन्ड आएयता ११ खेलमा १२ गोल गर्दै आफ्नो क्षमता देखाइसकेका छन् । १९ वर्षीय हालान्ड गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड आएका थिए ।

डर्टमन्डले हालान्डलाई बेचेर मोटो रकम कमाउन सक्नेछ । ६३ मिलियन पाउन्डमा डर्टमन्ड पुगेका हालान्डको मुल्य ९४ मिलियन रहेको छ । १९ वर्षीय हालान्डको रिलिज क्लब ६३ मिलियन पाउन्ड रहेको छ । त्यसैले डर्टमन्डले हालान्डलाई छोड्न सक्नेछ ।

हालान्डका एजेन्ट मिनो राइओलाले हालान्डले आउदो समरमा जर्मनी छाड्न नसोचेको र म्याड्रिड आउनु आफ्नै लागि महत्वाकाङ्क्षा हुन सक्ने मार्कालाई बताएका छन् ।

जिदानले अझै पनि बेन्जेमालाई विश्वास गर्दै उनको पार्टनरको रुपमा हालान्डलाई प्रयोग गर्ने मनसाय बनाएको छ । इन्टर मिलानका लोउटारो मार्टिनेज र आरबी लाइप्जिगका टिमो वेर्नर पनि रियलको विकल्पमा रहेपनि रियलले अहिले हालान्डलाई नै चाहेको छ । नेयमार जुनियर, केलियन एमबाप्पे पनि रियलको अनुबन्धको सुचीमा रहेको छ ।

एमबाप्पेले अझै एक वर्ष पीएसजीमा सम्झौता गर्ने बताइरहँदा अनुबन्ध रियललाई असम्भव जस्तै देखिएको छ । नेयमार अर्काे विकल्पमा रहेपनि उनको व्यवहारका कारण पछि हटेको अनुमान गरिएको छ ।

रियल ला लिगाको दोस्रो स्थानमा छ । रियल बार्सिलोनासँग २ अंकले पछि परेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद नै ठप्प छ । रियल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्ट सिटीसँग २–१ ले पछि परेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.