5 years ago
March 24, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन सान्चो सर्वाधिक मूल्यवान टिनेज युवा फुटबलर बनेका छन् ।
फुटबल अब्जरभेटरी संस्था (सीआईईएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये १९ वर्षीय सान्चो सबैभन्दा मूल्यवान खेलाडी बनेका हुन् ।
उनले डर्टमण्डकै समकक्षी नर्वेजियन अर्लिङ ब्राउट हालान्डलाई झन्डै दोब्बर मुल्यले पछि पार्दै सर्वाधिक मुल्यवान खेलाडीको शीर्षस्थानमा रहेका हुन् । फरवार्ड सान्चोको मूल्य १९४ मिलियन पाउन्ड रहेको छ । यसै सिजन अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट डर्टमण्ड भित्रिएका नर्वेका फरवार्ड हालाण्डको मूल्य ९४ मिलियन पाउन्ड रहेको छ ।
युरोपको उत्कृष्ट पाँच लिगमा खेल्ने युवा खेलाडीहरुको यो सूचीको शीर्ष ५ मा स्पेनिस क्लब रियल मड्रिडका दुई खेलाडीले स्थान बनाएका छन् । रियलका ब्राजिली स्टार रोड्रिगो तेस्रो र ब्राजिली स्टार भिनिसियस जुनियर चौथो स्थानमा छन् । रोड्रिगोको मूल्य ८२ मिलियन पाउन्ड तथा भिनिसियस जुनियरको मूल्य ६९ मिलियन पाउन्ड रहेको छ ।
यस्तै पाँचौं स्थानमा इंग्ल्यान्ड तथा चेल्सीका कलम हड्सन ओडोई छन् । उनको मूल्य ६७ मिलियन पाउन्ड छ । स्पेनिस क्लब भ्यालेन्सियाका फेरान टोरेस ५१ मिलियन पाउन्डसहित छैटौं, स्टेड रिनाइसका इडुआर्डाे कामाभिङ्गा ४९ मिलियन पाउन्डसहित सातौ स्थानमा छन् ।
म्यानचेष्टर युनाइटेडका मासोन ग्रीनउड आठौं र म्यानचेष्टर सिटीका फिल फोडेन नवौँ तथा एभर्टनका मोइस किन शीर्ष १० भित्र अटाएका छन्।
स्पेन तथा बार्सिलोनाका अन्सु फाती १२औं स्थानमा रहँदा रियल मड्रिडबाट लोनमा मर्लाेका पुगेका जापानी स्टार टाकेफुसा कुवो ३८ मिलियन पाउन्डसहति १३औं स्थानमा रहेको छ ।
मुल्यवान २० युवा खेलाडी
जाडोन सान्चो (डर्टमन्ड– १९४ मिलियन पाउन्ड)
आर्लिङ हालान्ड (डर्टमन्ड – ९४ मिलियन पाउन्ड)
रोड्रिगो (रियल म्याड्रिड– ८२ मिलियन पाउन्ड)
भिनिसियस जुनियर (रियल म्याड्रिड– ६९ मिलियन पाउन्ड)
कलम हड्सन ओडोई (चेल्सी – ६७ मिलियन पाउन्ड)
फेरान टोरेस (भ्यालेन्सिया– ५१ मिलियन पाउन्ड)
इडुआर्डाे कामाभिङ्गा (स्टेड रिनाइस – ४९ मिलियन पाउन्ड)
मासोन ग्रीनउड (म्यानचेष्टर युनाइटेड – ४७ मिलियन पाउन्ड)
फिल फोेडेन (म्यानचेष्टर सिटी – ४७ मिलियन पाउन्ड)
मोइस किन (एभर्टन – ४३ मिलियन पाउन्ड)
ओजान कावाक (साल्के – ४० मिलियन पाउन्ड)
अन्सु फाती (बार्सिलोना – ४० मिलियन पाउन्ड)
टाकेफुसा कुवो (रियल मड्रिड – ३८ मिलियन पाउन्ड)
म्याक्स आरोन्स (नर्विच सिटी – ३७ मिलिया पाउन्ड)
डिजान कुलुसेभ्स्की (पर्मा – ३७ मिलिया पाउन्ड)
रायन सेसेग्नन (टोटेनहम – ३६ मिलिया पाउन्ड)
सान्ड्रो टोनाली (ब्रेसिया – ३४ मिलियन पाउन्ड)
हामेद ट्राओरे (सासुलो – २६ मिलियन पाउन्ड)
बिनोइट बाडियाशिल (मोनाको – २५ मिलियन पाउन्ड
विलियम सालीवा (आर्सनल/सेन्ट इटिने– २५ मिलियन पाउन्ड)
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]