5 years ago
March 24, 2020
एजेन्सी – चेल्सी तथा फ्रान्सका फरवार्ड ओलिभिएर जिरुडले आफ्नै क्लब चेल्सीले राखेको एक वर्ष सम्झौतालाई नविकरण प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । यसै वर्ष चेल्सीसँगको सम्झौता सकिने भएपछि उनलाई इन्टर मिलान र टोटेनह्यामले उनलाई भित्राउने योजनामा रहेकाले उनले सम्झौता नविकरण नगरेको जनाइएको छ ।
३३ वर्षे जिरुडको चेल्सीसँगको सम्झौता समरमा सकिँदैछ । उनलाई गुमाउन भन्दा पनि चेल्सी क्लबमै राख्न चाहिरहेको छ । तर, उनी भने त्यसमा अनिच्छुक देखिएका छन् । अघिल्लो मेको जस्तै चेल्सी उनलाई थप १२ महिला राख्न चाहेको छ । तर, त्यो प्रस्ताव स्वीकार गर्नु भन्दा इन्टर मिलान जानु उपयुक्त हुने उनको मनसाय रहेका अनुमान गरिएको छ ।
इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे उनलाई भित्राउन चाहन्छन् । चेल्सीका अन्य खेलाडी मार्को अलन्सो र मोसेस पनि क्लब छाड्ने सम्भावनामा छन् । मोसेस अहिले लोनमा इन्टरबाट नै खेलिरहेका छन् । चेल्सीका पूर्व प्रशिक्षक रहेका कोन्टेले आफ्नो रोजाईको खेलाडी टोलीमा समेट्न चाहेका हुन् ।
जिरुड अहिले पनि चेल्सीको पहिलो रोजाईका खेलाडी हुन् । उनीसँगै युवा फरवार्ड ट्यामी अब्राहमले चेल्सीको अग्रपंक्ती सम्हालिरहेका छन् । केहि सञ्चारमाध्यका अनुसार जिरुड दुई वर्षको सम्झौता चाहिरहेका छन् । इन्टरमा उनलाई त्यो विकल्प रहेको बताइएको छ ।
जनवरीको सरुवा बजारमा उनी इन्टर र चेल्सीमध्ये एकमा सम्झौताको नजिक छन् भन्ने बताइएको थियो । तर अन्तिममा सम्झौता हुन सकेन । यो सिजन सबै प्रतिस्पर्धामा जिरुड १३ खेलमा ३ गोल गरेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]