5 years ago
March 24, 2020
एजेन्सी – मोहम्मद सिसोकोले लिभरपुलका स्टार साडियो माने भविष्यमा रियल म्याड्रिड जाने विश्वास व्यक्त गरेका छन् । यो सिजन मानेले प्रिमियर लिगमा १४ गोल र ७ असिस्ट गरिसकेका छन् । कोरोना भाइरस कोडिभ १९ विश्वव्यापी रुपमा फैलन थालेपछि प्रिमियर लिगसहित युरोपियन सबै फुटबल स्थगित भएको थियो ।
स्थगित भएको अवस्थामा लिभरपुर प्रिमियर लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा लिभरपुलको २५ अंक बढी छ । ‘मोहम्मद सलाहभन्दा पनि माने रियल जाने सम्भावना देख्छु,’ लिभरपुलका पूर्वखेलाडी सिसोकोले भनेका छन्, ‘रियलका प्रशिक्षक जिनेदिन जिदानले चाहे जस्तो खेल उनको छ । मलाई लाग्छ उनी रियल जानेछन् । यदि उनले छाडे भने लिभरपुलले उनको विकल्पका बारेमा पनि पक्कै सोचेको हुनुपर्दछ । ‘ पछिल्लो समय सलाह र मानेबीच राम्रो सम्बन्ध नहुँदा अर्को सिजन दुईमध्य एक मात्र लिभरपुलमा रहने बुझिएको छ ।
सिसोकोको नजरमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा रियल पुग्न सक्ने अर्का खेलाडी भएको अनुमान गरे । तर, पोग्बा पुनः युभेन्ट्स फर्कन इच्छुक देखिएको उनले बताए । ‘मलाई थाहा छ जिदान पोग्बालाई मन पराउँछन् । तर पोग्बा आफैं युभेन्ट्स फर्कन इच्छुक देखिन्छन्,’ उनले थपे, ‘अब यसमा कहाँ जाने भन्ने पोग्बामा निर्भर हुन्छ । तर युनाइटेडसँग पनि सन् २०२१ सम्म उनको सम्झौता छ । खासमा पोग्बाले आफुलाई कहाँ सहज महसुस गर्छन त्यो बढी महत्वपूर्ण हुन्छ ।’
उनले कोरोना भाइरसले विश्व फुटबलमा ठूलो असर पारेको उल्लेख गर्दै तर फ्रान्समा अझै पनि सबैले त्यसलाई गम्भिरतापूर्वक नलिएको बताए । ‘सञ्चारमाध्यमले पनि फ्रान्समा के भइरहेको छ भन्ने बारे पूर्ण जानकारी दिएका छैनन् । सबैले क्वारेन्टाइनको पालना पनि गरेका छैनन्’, उनले भने, ‘यति बेला सबैले धर्यता देखाउनुपर्दछ । आशा गरौं चाडो भन्दा चाडो जनजीवन सामान्य हुनेछ । यो सबै परिस्थितिमा फुटबल दोस्रो प्राथमिकता हो ।’ मालीका लागि ३३ अन्तर्राष्ट्रिय क्याप जितेका सिसोकोले लिभरपुल, युभेन्ट्स, भ्यालेन्सिया र लेभान्टेबाट व्यवासायिक फुटबल खेलेका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]