5 years ago
March 24, 2020
एजेन्सी – युरोपेली फुटबल महासंघ (यूइएफए) ले युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबल बन्द अवस्थामा छ । सोही भाइरसका कारण युरोपका लिगको मितिमा प्रभाव देखिएको हो ।
च्याम्पियन्स लिगको फाइनल ३० मे मा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय थियो । युरोपा लिग २७ मेमा पोल्यान्डमा हुने तय थियो । यस्तै युइएफएले च्याम्पियन्स लिगसँगै युरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाइनल समेत स्थगित गरेको जानकारी गराएको छ ।
युइएफएले लिगको वैकल्पिक मिति समेत निर्णय गर्न सकेको छैन । दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी थियो । सरोकारवाला पक्षबीचको बैठक विकल्पहरुको विश्लेषण गरेर निश्चित समयमा मिति घोषणा गर्ने युइएफएले जनाएको छ ।
च्याम्पियन्स र युरोपा लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल सञ्चालन भइरहँदा कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । गत साता स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब बोरुसिया डर्टमण्ड, इटालियन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सिया र जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहमलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।
कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप एक वर्षको लागि स्थगित गरिसकेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]