default_image

5 years ago

March 24, 2020

मेस्सी र सिमिओनी सर्वाधिक कमाउने खेलाडी र प्रशिक्षक

154 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडी र प्रशिक्षकको सूची प्रतिष्ठित संचारमाध्यम फ्रान्स फुटबलले सार्वजनिक गरेको छ । गतवर्षझैं यसपटक पनि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र प्रशिक्षक डिएगो सिमिओनी सूचीको शीर्षस्थानमा छन् ।

बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले आफ्नो तलब, बोनस र विज्ञापन खेलेवापत वार्षिक १ सय ३१ मिलियन युरो कमाउने गर्छन् । नेपाली रुपैयाँमा वार्षिक कमाइ १७ अर्ब रुपैयाँ बराबर हुन आउँछ । मेस्सीले गतवर्ष भन्दा १ मिलियन युरो बढी कमाएका हुन् । दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले १ सय १८ मिलियन अर्थात १५ अर्ब नेपाली रुपैयाँ वर्षेनी कमाउँछन् । रोनाल्डोको आम्दानी गतवर्ष भन्दा ५ मिलियन युरोले बढेको छ ।

ब्राजिलियन नेयमार यस सूचीको तेस्रो स्थानमा रहेका छन् । उनले वार्षिक ९५ मिलियन युरो अर्थात १२ अर्बनेपाली रुपैयाँ कमाउँछन् । गतवर्ष भन्दा नेयमारले ४.५ मिलियन युरो आम्दानी बढाएका छन् । चौथो स्थानका एन्टोइन ग्रिजमनले ३८.५ मिलियन युरो अर्थात नेपाली ५ अर्ब रुपैयाँ वर्षेनी कमाउँछन् ।

प्रशिक्षकतर्फ एटलेटिको म्याड्रिडका डिएगो सिमिओनीले सर्वाधिक कमाउने गरेका छन् । उनले वर्षेनी ४०.५ मिलियन युरो कमाउँछन् । नेपाली रुपैयाँमा यो ५ अर्ब ३० करोड हराहारी हुन आउँछ । दोस्रो स्थानमा इन्टर मिलानका एन्टोनियो कोन्टे छन् । उनले वर्षेनी ३० मिलियन अर्थात झन्डै ४ अर्ब नेपाली रुपैयाँ कमाउँछन् । तेस्रो स्थानमा म्यानचेस्टर सिटीका पेप गुआर्डीओलाले २७.५ मिलियन युरो अर्थात ३ अर्ब ६० करोड नेपाली रुपैयाँ प्राप्त गर्छन् ।

*बजार मूल्य अनुसार १ युरो = १३०.८७ नेपाली रुपैयाँ

यो पनि पढ्नुहोस :

विश्वकप, च्याम्पियन्स लिग र ब्यालोन डी’ओर जित्ने खेलाडीहरु

बार्सिलोना खेलाडीको तलब काट्ने तयारीमा

ला लिगा तथ्यांक : मेस्सी, क्यासेमिरो र बुस्केट्स अग्रतामा

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.