default_image

5 years ago

March 24, 2020

विश्वकप, च्याम्पियन्स लिग र ब्यालोन डी’ओर जित्ने खेलाडीहरु

285 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका लियोन मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी भन्नेहरुको कमी छैन । तर, पनि यी अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डो दुवैले विश्व फुटबलको सबै भन्दा ठूलो उपाधि विश्व कप जित्न सकेका छैनन् ।

यी दुईले च्याम्पियन्स लिग र बालोन डी ओर उपाधि जितेका छन् । आफ्नो राष्ट्रका लागि प्रतिष्ठित विश्वकप दिलाउन नसक्दा यी खेलाडी सर्वकालीन महान खेलाडीको सुचिमा पछि नपर्ने हो कि भन्ने चिन्ता पनि छ । विश्वकप, च्याम्पियन्स लिग र बालोन डी ओर जित्ने खेलाडी को सुची भने यसप्रकार रहेको छ :

काका (ब्राजिल)

Kaka

सन् २००६ देखि २००८ सम्मको बीचमा विश्व फुटबलमा काका जत्तिको उत्कृष्ट खेलाडी थिएनन् भन्ने विश्वास गरिन्छ । त्यो समयमा उनले ब्राजिल र एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । २००७ मा मिलानलाई च्याम्पियन्स लिग जिताउँदा उनको भूमिका महत्वपूर्ण थियो । उनले सोही वर्ष बालोन डी ओर जितेका थिए । ब्राजिलले २००२ मा विश्व कप जित्दा उनी त्यसको सदस्य थिए ।

गर्ड मुलर (जर्मनी)

गर्ड मुलर जर्मन फुटबल इतिहासका एक उत्कृष्ट खेलाडी र गोलकर्ताले बार्यन म्युनिखका लागि ६ सय ५ खेलमा ५ सय ६३ गोल गरेका थिए । उनले जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए । सन् १९७० मा बालोन डी ओर उपाधि जितेका मुलरले १९७४ को विश्वकप विजेता जर्मनीको टोलीका सदस्य थिए । उनले तीन पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

रोनाल्डिन्हो (ब्राजिल)

ronaldinho

विश्व फुटबलको इतिहासमा अर्का चर्चित खेलाडी ब्राजिलियन रोनाल्डिन्हो हुन् । सन् २००३ देखि २००६ सम्ममा उनी विश्व फुटबलका उनी जत्तिको उत्कृष्ट अर्को खेलाडी थिएन भनिन्छ । ४० वर्षे रोनाल्डिन्होले ब्राजिललाई २००२ को विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाको महत्वपूर्ण सदस्य रहँदा टोलीले २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । २००४ र २००५ मा फिफा वर्षका उत्कृष्ट खेलाडी बनेका रोनाल्डिन्होले २००५ मा बालोन डी ओर जितेका थिए ।

फ्रान्ज बेकनबाउर (जर्मनी)

जर्मनीका फ्रान्ज बेकनबाउरलाई जर्मनीको रोलमोडलका रुपमा हेरिन्छ । इम्पेरोरको नामबाट समेत प्रख्यात उनले खेलाडीका रुपमा दुई पटक बालोन डी ओर, तीन पटक युरोपियन कप र एक पटक विश्वकप उपाधि जितेका छन् । ७४ वर्षे बेकनबाउरको प्रशिक्षणमा जर्मनीले १९९० मा विश्व कप उपाधि जितेको थियो ।

जिनेदिन जिदान (फ्रान्स)

Zidane Juventus

जिनेदिन जिदान पनि फुटबल इतिहासका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छन् । उनले तीन पटक फिफा वर्ष खेलाडीको उपाधि जितेका थिए । १९९८ मा उनले बालोन डी ओर उपाधि जिते । १९९८ मा फ्रान्सले विश्वकप जित्दा उनी फाइनलमा म्यान अफ दी म्याच बनेका थिए । २००२ मा बायर लेभरकुसनलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा उनले सानदार गोल गरेका थिए ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.