5 years ago
March 23, 2020
एजेन्सी – स्पेनिस लिगको शीर्ष डिभिजन ला लिगाका २७ खेल सम्पन्न भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाका कारण जारि सिजन प्रभावित भएको छ । अप्रिल पहिलो सातासम्म स्थगित भएको लिग अझै पछाडी सर्ने निश्चितप्राय छ ।
लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । व्यक्तिगत तथ्यांक हेर्दा पनि यिनै दुई टोलीको दबदबा देख्न सकिन्छ । मेस्सीले गोल र असिस्टमा अग्रता बनाउँदा अन्य पक्षमा निम्नअनुसार खेलाडी अगाडी रहेका छन् ।
गोलकर्ता :
मेस्सीले जारि सिजन चोटका कारण केहि खेल गुमाउनु परेपनि गोलकर्ताको सुचिमा अग्रता कायम गरेका छन् । उनले २२ खेल खेल्दै १९ गोल गरेका छन् । उनलाई १४ गोल गर्दै रियल म्याड्रिडका क्रिम बेन्जेमाले पछ्याएका छन् । स्पेनिस खेलाडीतर्फ प्रदान गरिने जार्रा ट्रफीका लागि भने ११ गोल गर्दै जेरार्ड मोरेनो (भिल्लारियल), लुकास पेरेज (अलाभेस) र रोगेर मार्ती (लेभान्ते) प्रतिस्पर्धामा छन् ।
असिस्ट :
गोल गर्ने सुचिमा अग्रता लिएका मेस्सीले गोल बनाउने अर्थात् असिस्ट गर्ने सुचिमा पनि आफूलाई शीर्षस्थानमा राखेका छन् । मेस्सीले जारी सिजन १२ असिस्ट दिएका छन् । यसको मतलब उनले २२ खेलमा बार्सिलोनाको ३१ गोलमा सिधा योगदान दिएका छन् । दोस्रो स्थानमा जिरोनाका पोर्टूले ८ असिस्ट दिएका छन् । कुल ७ असिस्टसहित बार्सिलोनाका लुइस सुआरेज, भ्यालेन्सियाका रोड्रीगो र ओसासुनाका रोबर्टो टोरेस तेस्रो स्थानमा छन् ।
रिकभरी :
विशेषगरी मैदानको बीच भागमा विपक्षीबाट बल खोस्ने काम हुन्छ । यस पक्षमा रियल म्याड्रिडका ब्राजिलियन मिडफिल्डर क्यासेमिरो माहिर छन् । उनले रिकभरीतर्फ ५३ पटक विपक्षीको बल खोस्दै अग्रता लिएका छन् । लेगानेसका उनाइ बुस्तिन्जा, भालाडोलिडका किको ओलिभास र सेभिल्लाका फर्नान्डोले समान ४८ पटक विपक्षीको आक्रमण रोकेका छन् ।
पास :
बल पोसेसन कुनैपनि टोलीका लागि खेलमा लय बनाउन आवश्यक पक्ष हो । यसमा लामो समयदेखि बार्सिलोनाले अधिपत्य नै जमाउँदै आएको छ । बार्सिलोनाका सर्जियो बुस्केट्स लिगमा १८ सय ७१ पाससहित शीर्षस्थानमा छन् । दोस्रो स्थानमा बार्सिलोनाकै जेरार्ड पिकेले १८ सय ५७ पास दिएका छन् । तेस्रो स्थानमा ड्यानी परेजो (१६७१), चौथोमा टोनी क्रुस (१६०८) तथा पाँचौमा एभर बनेगा (१५७६) रहेका छन् ।
बचाउ :
गोलरक्षकतर्फ लेभान्तेका गोलरक्षक आइतोर फर्नान्डेजले १ सय २६ बचाउ गर्दै जारी सिजन लय देखका छन् । युरोका लागि स्पेनको टोलीमा पर्ने लक्ष्य राखेका उनले अर्को वर्ष कुर्नुपर्ने भएको छ । यद्यपि लुइस इन्रिकेले उनलाई टोलीमा राख्ने लगभग पक्का छ । उनलाई मालोर्काका मनोलो रेइनाला ९० बचाउ गर्दै पछ्याएका छन् ।
तीव्र गति :
एस्पान्योलका डिफेन्डर आद्रिया पेड्रोसा यस सिजन ला लिगामा तीव्र गतिमा कुद्ने खेलाडी हुन् । उनले ३५.११ किलोमिटर प्रतिघण्टाको गतिमा कुदेका थिए । दोस्रो स्थानमा रियल म्याड्रिडका फेडे भालभेर्डे ३५,०६ किलोमिटर प्रतिघण्टाको गतिमा छन् । लेभान्तेका हर्नानीले पनि ३५ को आंकडा छोएका छन् ।
हेडीङ :
अग्ला कदका खेलाडीले नै सामान्यतया हेडर जित्ने गर्छन् । यस्तै अलाभेसका फरवार्ड जोसेलुले यस सिजन २ सय १७ पटक हेडर जितेका छन् । उनलाई बिल्बाओका राउल गार्सियाले १ सय ५१ हेडरले पछ्याएका छन् ।
ड्रीबल :
बार्सिलोनाका कप्तान लिओनेल मेस्सी ड्रीबलतर्फ पनि अग्रतामा छन् । उनले यस सिजन १ सय १८ ड्रीबल गरेका छन् । उनलाई बेटिसका नाबिल फेकिरले ७३ ड्रीबलसहित पछ्याएका छन् । तेस्रो स्थानमा एइबारका फाबियन ओरेलाना ६२ ड्रीबलमा छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]